कांग्रेस बैठकमा संशोधन विशेष छलफल


प्रकाशित मिति : चैत्र १५, २०७३ मंगलबार

कांग्रेसको जारी बैठकमा संविधान संशोधन सम्बन्धि विशेष बहस भईरहेको छ । घोषित स्थानीय चुनाव आउन डेढ महिनामात्र बाँकी रहेका बेला कांग्रेसले अन्योलमा परेको देखिएको संशोधन प्रस्तावलाई पार्टीभित्र छलफलको विषय बनाएको हो।

बैठकमा बोल्ने कतिपय कांग्रेस नेतामा संयु लोसकतान्त्रिक मधेशी मोर्चा र एमालेसँग सहमतिकानिम्ति भइरहेका प्रयत्नप्रति अविश्वास देखिन्छ। त्यसैले खासगरी तराईबाट प्रतिनिधित्व गर्ने नेताहरु चुनावमा जान संशोधनको छिनोफानो तत्कालै लगाउनु पर्ने धारणा राखेको बुझिन्छ ।

एमाले संशोधन प्रस्तावमा सहमत भएन् भने हिमाल, पहाड र तराईका सबै जनतालाई चुनावमा सहभागी गराउन प्रक्रियाबाट संशोधनको टुंगो लगाउनु पर्ने बहुसंख्यकले बताएका छन् । यस्तो परिस्थितिमा सबैभन्दा ठूलो पार्टीको बैठकले लिने निर्णयलाई महत्वका साथ हेरिएको छ। बैठकले आज तेस्रो दिन पनि निरन्तरता पाउने भएको छ । आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम नसकिएपछि बैठकले आज पनि निरन्तरता पाएको जनाईएको हो ।

बैठक मंगलबार बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने जनाईएको छ। मंगलबारको बैठकमा पार्टी र समसामयिक विषयमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com