नेपालमा भएका सबै अमेरिकनलाई घरभित्र बस्न सुझाव, भिसा सकिन लागेकाको थप गरिने


प्रकाशित मिति : चैत्र ८, २०७६ शनिबार

अमेरिकी दूतावास काठमाडौंले नेपालमा भएका सबै अमेरिकनलाई घरभित्र बस्न सुझाव दिएको छ । नेपालका प्रधानमन्त्रीले मार्च २२ देखि मार्च ३१ सम्म नेपालबाट हुने सबै अन्तर्राष्ट्रिय उडानहरु रद्दको घोषणा गरेकाले यो नियम आइतबार राती १२ बजे देखि लागु हुने दूतावासले सुचित गरेको छ ।

यात्रा प्रतिबन्धका कारण अमेरिका फर्कन नसकेका अमेरिकी नागरिकका लागि नेपाल सरकारले भिसा थप गर्ने भएको भएको छ । तर भिसा सकिनुभन्दा अगाडि नै भिसा थपका लागि आवेदन दिनुपर्ने जनाइएको छ ।

स्वदेश फर्कन चाहने अमेरिकनले उडानमा प्रतिबन्ध लाग्नु अगाडि उडान भए नभएको बुझ्न एयरलाइन्सहरुलाई सम्पर्क गर्न दूतावासले सुझाव दिएको छ । यदि उडान उपलब्ध नभएको खण्डमा र नेपालमै बस्नु पर्ने भएको खण्डमा उडान सुरु नहुन्जेल घरभित्र बस्ने प्रबन्ध गर्न समेत दूतावासले सुझाव दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा रहेका सबै अमेरिकनहरुलाई दूतावासले अनलाइनमा दर्ता गराउन अनुरोध गरेको छ । यो निशुल्क सेवा रहेको र आपतकालिन अवस्थामा आफ्ना नागरिकलाई सम्पर्क गर्न सहज हुने दूतावासले जनाएको छ ।

यदि कोरोना संक्रमणको आशंका लागेमा नेपालको स्वास्थ्य मन्त्रालयका हटलाइन नम्बरहरु 9851255839, 9851255837, 9851255834 मा सम्पर्क गर्न अनुरोध गरिएको छ । अध्यागमन नीतिहरुबारे बुझ्न विमानस्थलको नम्बर +977 1-411-3045 मा सम्पर्क गर्न अनुरोध गरिएको छ । अन्य फोन इन्क्वायरीका लागि +1-888-407-4747 (अमेरिका र क्यानडाबाट)  +1-202-501-4444 (विदेशबाट) मा सम्पर्क गर्न भनिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com