युएससीआईएसबाट ग्रिनकार्ड र कामदारभिसाको शीघ्र प्रकृया रद्द


प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार

कोरोनाभाइरसको प्रकोपका कारण युएससीआईएसले आई १४० र आई १२९ आवेदनमा शीघ्र प्रकृया अस्थायीरुपमा खारेज गरेको छ । अर्को सुचना जारी नहुन्जेल मार्च २० बाट नै शीघ्र प्रकया रद्द गरिएको जनाइएको छ ।

एक्स्ट्रा अर्डिनरी ग्रिनकार्डदेखि कामदार भिसासम्मका आवेदनमा अतिरिक्त शुल्क तिरेर शीघ्र प्रकृया गर्नसकिने प्रावधान रहेको छ । जसअन्तरगत युएससीआईएसले १५ दिनभित्र आवेदनबारे निर्णय दिनेगर्छ ।

१५ दिनभित्र निर्णय प्राप्त नगरेकाहरुलाई रकम रिफण्ड दिने युएससीआईएसले जनाएको छ । मार्च २० भन्दा अगाडि नै शीघ्र प्रकृयाका लागि १४४० डलर तिरेर पठाइएका तर अहिलेसम्म युएससीआईएसमा प्राप्त नभएका आवेदनहरुपनि स्वत अस्वीकृत गरिने भएको छ ।

रोजगारमा आधारित ईबी वान, ईबी टु, ईबी थ्री लगायतका आई १४० आवेदनमा यो नियम लागु हुनेछ । साथै ई, एच, एल, ओ, पी, क्वु, आर श्रेणीका आई १२९ आवेदनमा पनि यो नियम लागु हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com