परीक्षाअघि नै बजारभरि प्रश्नपत्र


प्रकाशित मिति : चैत्र १५, २०७३ मंगलबार

जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् । 

चैत ९ गतेदेखि दाङमा सुरु भएको परीक्षाको पेपर परीक्षा सुरु हुनुअगावै हरेक दिन सबैको मोबाइल र चोकचोकमा विद्यार्थी प्रश्नपत्रको खोजीमा भौँतारिइरहेको एक शिक्षक बताउँछन् ।

आज हुने स्वास्थ्य तथा शारीरिक शिक्षाको प्रश्नपत्र सोमबार नै बजारमा आएको छ । त्यसैगरी, बुधबार हुने पेसा व्यवसाय र प्रविधि शिक्षाको प्रश्नपत्र पनि बजारमा आएको देखिएको छ । यसरी कसरी बजारमा प्रश्नपत्र आयो भन्नेबारेमा शिक्षकनै अनभिज्ञ छन् ।

तर जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले भने यसलाई सामान्य रुपमा लिनुभएको छ । उहाँले यसलाई सामान्यरुपमा लिने बताउँदै सम्बन्धित स्कुलका विषयगत शिक्षकले अर्को प्रश्नपत्र बनाएर जाँच सञ्चालन गर्ने शिक्षा नियमावलीले अधिकार दिएको पनि बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“प्रश्नपत्र आउट भएको मैले पनि सुनेँ, तर त्यसले परीक्षा रोकिने छैन, सम्बन्धित विषय शिक्षकले प्रश्नपत्र तयार गरी सम्बन्धित स्कुलमै परीक्षा लिन सक्नेछन्,” उहाँले बताउनुभयो । तर उहाँको यो अभिव्यक्तिले जिल्लास्तरीय परीक्षाको गरिमा भने घटाएको छ ।

साथै, उहाँले एसइइ परीक्षामा पनि यदि कुनै केन्द्रमा प्रश्नपत्र आउट भएको भए सोही विद्यालयका विषयगत शिक्षकले प्रश्नपत्र बनाएर परीक्षा लिनसक्ने पनि शिक्षा नियमावलीमा उल्लेख भएको बताउनुभयो ।

एकै समयमा र एउटै प्रश्नपत्र विद्यालयमा परिक्षा सुरु हुनुभन्दा पहिले १५ मिनेट अगाडि खोल्नुपर्ने प्रवधान भएपनि हाल विद्यालयले फरकफरक प्रश्नपत्र बनाएर परीक्षा गरिरहेका छन् । धेरैजसो विद्यालयले भने प्रश्नपत्र आउट भएको थाहा पाएपछि आफूहरुले छुट्टै प्रश्नपत्र तयार पारेको बताएका छन् ।

त्यसैगरी, जिल्ला शिक्षा कार्यालयबाट जारी गरेका प्रश्नपत्रबाट परीक्षा दिइरहेको केही विद्यालयहरुले जनाएका छन् । अन्य केही विद्यालयले भने आफूहरुले छुट्टै प्रश्नपत्र तयार गरी परीक्षा गराएका छन् । चुहावट भएका विज्ञान, गणितलगायतका प्रश्नपत्र बजारमा देखिएका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com