अमेरिकामा ट्याक्स फाइलका लागि ३ महिना थप, नयाँ डेडलाइन जुलाई १५


प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार

अमेरिकामा व्यक्तिगत ट्याक्स फाइलका लागि ३ महिना थप गरिएको छ । कोरोना संक्रमणका कारण उत्पन्न समस्यासँग जुध्न यस्तो सुविधा दिइएको हो ।

अमेरिकामा व्यक्तिगत ट्याक्स फाइलको अन्तिम मिति अप्रिल १५ हो । तर अब त्यसमा ९० दिन थपेर जुलाई १५ बनाइएको छ । अर्थात् जुलाई १५ सम्म पनि व्यक्तिगत ट्याक्स फाइल गर्न सकिने भएको छ ।

अर्थमन्त्री स्टेफन मन्चिनले शुक्रबार ट्याक्स फाइलको डेडलाइन थपिएको बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा आफूहरुले समय बढाएको उनको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

व्यक्तिगतमात्र नभएर विजनेश ट्याक्स फाइलका लागि पनि समय बढाइएको मन्चिनले बताएका छन् । थपिएको सयमभित्र कुनै जरिवाना र ब्याज विना ट्याक्स फाइल गर्न र ट्याक्सको रकम तिर्न सकिने भएको छ ।

तर ट्याक्स रिफण्ड पाउने करदातालाई भने अहिले नै ट्याक्स फाइल गर्न आव्हान गरिएको छ । किनभने संकटको बेलामा उक्त रिफण्ड रकम काम आउनसक्ने भएकाले यस्तो अनुरोध गरिएको हो । यद्यपी उनीहरुले पनि जुलाई १५ भित्र फाइल गर्न पाउनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com