आरआरमा आज स्ववियु निर्वाचन हुँदै, साँझ ५ बजेसम्म मतदान हुने


प्रकाशित मिति : चैत्र १५, २०७३ मंगलबार

आज प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन कार्यतालिका अनुसार जनाईएको छ ।

एमालेनिकट अनेरास्ववियु, कांग्रेसनिकट नेविसंघ र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीबीच निर्वाचनमा प्रतिस्पर्धा हुने जनाईएको हो । 
अनेरास्ववियुबाट टपेन्द्रबहादुर शाही, नेविसंघबाट उत्तम साउद र क्रान्तिकारीबाट ध्रुवराज वाग्लेको समूह निर्वाचनको मैदानमा रहेको जनाईएको छ । त्यस्तै नयाँ शक्ति पार्टी, वैद्य नेतृत्वको माओवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन संयुक्त प्यानल बनाएर मैदानमा उत्रिएको जनाईएको छ । 
आरआरमा करिब तीन हजार पाँच सय भन्दा बढी मतदाता छन् ।

विभिन्न विवादका कारण आरआरमा दुई पटक स्ववियु निर्वाचन स्थगित भएको थियो । विद्यार्थी संगठनको विवादका कारण त्रिभुवन विश्व विद्यालयले तोकेको मिति आर्थात् फागुन १८ गते निर्वाचन हुन सकेको थिएन । त्यसपछि निर्वाचन फागुन २३ गतेका लागि तोकिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com