प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता


प्रकाशित मिति : चैत्र १४, २०७३ सोमबार

काठमाडौं  । बोआओ फोरममा सहभागी हुन चीन पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भेटवार्ता भएको जनाईएको छ ।

प्रधानमन्त्री प्रचण्ड संग बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटबार्तामारिब ४० मिनेट भएको भेटको प्रारम्भमा नेपालका प्रधानमन्त्री प्रचण्डले आफ्ना कुराहरु राखेका थिए । प्रधानमन्त्रीले क्रस बोर्डर इकोनोमी, रेल्वे लिंक एवं तातोपानी नाका लगायतका विषयमा चिनियाँ राष्ट्रपतिसँग कुरा राखेका थिए ।

त्यसैगरी नेपालको पर्यटन विकास, कृषि लगायतका समग्र क्षेत्रमा चिनियाँ सहयोगका विषयमा प्रधानमन्त्रीले कुरा राखेका थिए ।
नेपालका प्रधानमन्त्रीले कुरा राखिसकेपछि चिनियाँ राष्ट्रपतिले बोलेका थिए । तातोपानी नाका खोल्ने विषयमा आफू पनि सकारात्मक रहेको राष्ट्रपतिले बताएको जनाईएको हो ।

साथै सोही भेटमा राष्ट्रपति सीले स्थानीय चुनावका लागि ९ मिलियन आरएमबी सहयोग गर्ने प्रतिवद्धता जनाए । द्वीपक्षीय भेटमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे चासो राखेका जनाईएको हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com