नेकपा माओवादी केन्द्र बेलायत अध्यक्षमा रण केसी सर्वसम्मत


प्रकाशित मिति : चैत्र १४, २०७३ सोमबार

नेकपा माओवादी केन्द्र बेलायतका अध्यक्षमा रण केसी सर्वसम्मत चयन हुनुभएको छ । पार्टीको एकता अधिवेशनले केसीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

बैद्य माओवादीको एक समुहसहित विभिन्न १० पार्टीबीच एकता भइसकेपछि बेलायतमा पनि सबै पार्टीहरुको एकसाथमा एकता अधिवेशन गरिएको हो । केसीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्वमा उपाध्यक्ष मानबहादुर गुरुङ र कल्पना आङबुहाङ चयन हुनुभएको छ । त्यस्तै सचिवमा शेरसिंह ठकुरी, सहसचिवमा मिलन लिम्बु, कोषाध्यक्षमा पदम राई र सहकोषाध्यमा कपिल श्रेष्ठ चुनिनुभएको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो ।

नवनिर्वाचित अध्यक्ष केसी ३ दशकदेखि कम्युनिष्ट आन्दोलनमा सकृय हुनुहुन्छ । भने डेढदशकदेखि डेढदशकदेखि बेलायतमा रहने क्रममा समेत नेपाली राजनीतिमा आबद्ध हुनुहुन्छ । विद्यार्थी राजनीतिदेखि नै कम्युनिष्ट आन्दोलनमा सकृय केसी २०४६ सालको जनआन्दोलनमा समेत सकृय हुनुहुन्थ्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलायत आइसकेपछि सुरुमा पार्टीको बेलायत जिल्ला सचिवको जिम्मेबारी सम्हालेका केसीले युरोप जिल्ला समिति सहकोषाध्यक्षको जिम्मेबारी पूरा गर्नुभएको थियो । माओवादीनिकट प्रवास संगठन प्रगतिशिल समाज बेलायतका संस्थापक महासचिव केसी दुईकार्यकालसम्म अध्यक्षको जिम्मेबारी पूरा गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com