अमेरिकामा नेपाली चलचित्र महोत्सवको तयारी भब्य 


प्रकाशित मिति : चैत्र १२, २०७३ शनिबार

 
विजय थापा,वाशिंगटन डीसी 
 
वासिङ्गटन डिसी,मार्च २५ ,अमेरिकाको राजधानी वासिङ्गटन डिसी महानगर क्षेत्रमा नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ l झन्डै १ महिना १० दिन पछि आयोजना हुने उक्त उत्सव ३ दिन सम्म चल्ने छ l आयोजक समिति उत्सव तयारीमा अहोरात्र खटिई रहेका छन् भने यस भेकका सबै नेपाली समुदायलाई आयोजक ले सहयोग गर्न आव्हान गरेका छन् l 
 
महोत्सव आगामी मे महिनाको ५ देखि ७ तारिख सम्म चल्ने नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष एवं महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिएका छन् l तयारी जोड्तोड़का साथ चलिरहेको र आयोजकले कुनै कसर नछोड्ने प्रतिबद्धता जाहेर गरेका छन् l 
 
महोत्सव नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृति सम्बन्धि साझा मञ्चको रुपमा स्थापित गराउने लक्ष्यले महोत्सव आयोजना गर्न लागिएको बराइलीले बताएका छन् l नेपाल र अमेरिकाको कला, संस्कृति र ज्ञानलाई चलचित्रको माध्यमबाट जोड्ने लक्ष्यका साथ स्थापित नेपाल अमेरिका फिल्म सोसाइटीले अमेरिकामा पहिलो पटक यस्तो महोत्सव आयोजना गर्न लागेकोले आयोजक समिति उत्साहित भएका छन् l
 
महोत्सवमा मूलतः नेपालका फिचर फिल्म,वृत्तचित्र, छोटा चलचित्र, एनिमेशन(सजीवता )का साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिने छ । उत्सवमा नेपाल बाहेक दक्षिण एसिया, अमेरिका सहित विश्वभरि बनेका चलचित्रहरु समेत यस महोत्सवमा समावेश गरिने छ । 
 
चलचित्र प्रदर्शनपछि चलचित्रबारे दर्शक र चलचित्र निर्माता÷निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने भएको छ l महोत्सवमा नेपाली डायस्पोरा र चलचित्र जस्ता विभिन्न विधामा विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना हुने छ । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ ।
 
सोसाइटीले चलचित्र प्रदर्शनीका साथसाथै अप्रवासी समुदायलाई लक्षित गरी चलचित्रसम्बन्धी तालिम कार्यशाला, कला संस्कृतिबारे छलफल र चलचित्र महोत्सवजस्ता गतिविधिहरु सञ्चालन पनि सुरु गरेको महोत्सव निर्देशक पूर्णसिंह बराइलीले बताए । महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तिहरु, नेपाल लगायत विभिन्न देशका चलचित्रसम्बन्धी संघसंस्था र महोत्सवहरुसँगको सहकार्यमा आयोजना गरिने छ ।
 
महोत्सवमा सहभागिताका लागि नेपाली र आप्रवासी चलचित्रकर्मी लगायत विश्वभरिका सम्पूर्ण चलचित्रकर्मीहरुलाई आफ्ना चलचित्र पठाउन समेत आयोजक संस्थाले अनुरोध गरेको छ । महोत्सवका निर्देशक बराईलीले डीसी क्षेत्र स्थापित तथा समुदायमा राम्रो काम गरि रहेको गैर मुनाफा सामाजिक संस्था नासो कम्युनिटी पनि आयोजक मध्ये कै प्रमुख साझेदार आयोजकमा रहने भएको बताएका छन् l 
 
विस्तृत जानकारीका लागि यो इमेलमार्फत सम्पर्क गर्न सकिनेछ: [email protected]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com