प्रधानमन्त्रीले भने‘हामीसँग स्रोतहरुको समृद्ध आधार छ अउनुस लगानी गरौँ’


प्रकाशित मिति : चैत्र १२, २०७३ शनिबार

काठमाडौं  । सप्ताह ब्यापी भ्रमणमा चिनमा रहेका  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ग्लोबलाइजेसनमा समावेशिता मिसाउनुपर्ने सैद्धान्तिक प्रस्तावना अघि सारेका जनाईएको छ ।  प्रधानमन्त्री प्रचण्डले अन्तरराष्ट्रिय लगानीकर्तारुलाई नेपालमा लगानी बढाउन आग्रह गरेका जनाईएको हो ।

‘म नेपालमा जलविद्युत, पूर्वाधार विकास एवं पर्यटन लगायत विभिन्न क्षेत्रमा लगानीका लागि एशियाली व्यापारिक समुदायलाई आमन्त्रित गर्न चाहन्छु,’ प्रधानमन्त्रीले भने, ‘हामीसँग स्रोतहरुको समृद्ध आधार छ । अनेक क्षेत्रमा लगानीका लागि भर्जिनिटी एवं समान लाभको सम्भावना छ ।’

नेपालमा बढिरहेको स्वदेशी बजार एवं एशियाको सबैभन्दा ठूलो अर्थ व्यवस्थामा यो भूमि व्यापारिक केन्द्रका रुपमा स्थापित हुन सक्ने सम्भावना रहेको उनले बताए । ‘निसन्देश नै व्यापार विकासको इञ्जिन हो । तर, नेपालजस्तो देशका लागि, जो कमसकम कम विकसित एवं भूपरिवेष्ठित छ,’ प्रचण्डले भने ।

प्रधानमन्त्रीले मन्तव्यका क्रममा भने, ‘नेपाल केही राजनीतिक कोषेढुंगो पार गरेर आर्थिक परिवर्तनको चरणमा प्रवेश गरेको छ । हाम्रो प्राथमिकता अब आर्थिक विकास एवं विकासको गति तीव्र बनाउने रहेको छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनको हेइनान प्रान्तमा आयोजित बोआओ फोरमको उदघाटन सत्रलाई शनिबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ग्लोबलाइजेसनका बारेमा आफ्नो मत राखेका जनाईएको हो ।

समावेशिता एशियाली संस्कृतिको मूलमै रहेको प्रचण्डले बताए । यो महाद्वीपमा सदिऔंदेखि विभिन्न देश, धर्म र सभ्यतामा एक दोस्रोका साथसाथ सहअस्थित्व रही आएको छ र समानरुपमा विकास हुँदै आएको उनले बताए । ग्लोबलाइजेसन एवं स्वतन्त्र व्यापारको बाटोमा अघि बढ्नेक्रम जारी राखेर पनि साथमा समानता सम्भव छ भन्दै प्रचण्डले यसलाई अझ सशक्त बनाउनुपर्ने बताए ।

विश्वव्यापीकरण अर्थात ग्लोबलाइजेसनले विश्वमा आर्थिक समृद्धि ल्याएको भएता पनि धेरै मानिसहरु यो समृद्धिबाट पछाडि छुटेको प्रचण्डले बताएका छन् । उनले यसलाई सच्याउनका लागि अब एशियाली मोडेलको ग्लोबलाइजेशनको अभ्यास गर्नुपर्ने प्रस्ताव अघि सारेको जनाईएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com