मोर्चाले निर्वाचनमा भाग नलिएपनि जनताले भाग लिन्छन् : शंकर पोखरेल


प्रकाशित मिति : चैत्र ११, २०७३ शुक्रबार

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता शंकर पोखरेलले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई खारेज गरेर सिमांकनबाहेकका विषय समेटेर नयाँ प्रस्ताव ल्याएपछिमात्रै आफ्नो पार्टीले विचार गर्ने स्पष्ट पारे।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिलेको प्रस्ताव पूर्ण रुपमा खारेज गर्नुपर्छ, नयाँ प्रस्ताव ल्याएपछि हामी विचार गरेरमात्रै निर्णय लिन्छौं, संशोधन गर्ने वा नगर्ने भन्नेबारेमा, तर अहिलेको प्रस्तावलाई हामी पारित गर्न दिँदैनौं ।’

उनले निर्वाचनको माहोल बनाउन दलहरु भन्दापनि जनताहरु स्वतःस्र्फूत रुपमा जागेको बताएका छन्। उनले मधेशी मोर्चापनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै भने,‘मधेशी मोर्चाका नेताहरुले काठमाडौंमा बसेर निर्वाचनको विरोध गरेपनि उहाँहरुका कार्यकर्ताहरुले उत्साहजनक रुपमा निर्वाचनमा भाग लिनेगरि स्थानीय तहमा दल दर्ता गरिरहनुभएको छ, उहाँहरुलाईपनि जनस्तरबाट ठूलो दबाब छ, यो नै मोर्चाको लागि निर्वाचनमा जाने आधार हो।’

पोखरेलले संविधान संशोधन यथास्थितिमा कुनैपनि हालतमा हुन नसक्ने ठोकुवा गरे। उनले भने,‘संसदमा दर्ताृ भएको संविधान संशोधन प्रस्तावलाई खारेज गरेर निर्वाचनपछि नयाँ संशोधन विद्येयक ल्याउन सकिन्छ, त्यसमा राम्रो प्रस्ताव यदि देश र जनताको हितमा छ भने एमालेले सहयोग गर्छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय तहको निर्वाचनभन्दा अघि संविधान संशोधन आवश्यक नरहेको जिकिर गर्दै पोखरेलले भने,‘अहिले संशोधन गर्नु भनेको संविधान विपरित छ, संविधानले नै नदिएको अधिकार कसैले पनि प्रयोग नगरौं, अहिलेको आवश्यकत्ता भनेको संविधान कार्यान्वयन हो, यसको लागि निर्वाचनमा जानुपर्छ।’

उनले राष्ट्रिय सभाका सदस्य चयन गर्ने कुरामा स्थानीय तहका प्रतिनिधिहरुलाई कुनैपनि बञ्चित गर्न नहुने बताउँदै यसमा आफ्नो पार्टीले स्विकार नगर्ने स्पष्ट पारे।

स्थानीय तहको निर्वाचनको मतगणना मतदान केन्द्रमै गर्ने कुरा स्वभाविक भएपनि सुरक्षाको दृष्टिकोणले चूनौतिपूर्ण रहेको बताए। उनले भने,‘मतदान गर्दा जति सुरक्षा प्रदान गरिन्छ, मतदान केन्द्रमै मतगणना गर्दा त्यसको १० गुणा बढि सुरक्षा चाहिन्छ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com