समानताको पक्षमा लड्ने योद्धा हुँ : अर्थमन्त्री खतिवडा


प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार

अर्थमन्त्रालयको पदभार सम्हाल्दै डा. युवराज खतिवडाले युद्ध नजित्दासम्म फिर्ता नहुने बताउनुभएको छ ।

बुधबार अर्थमन्त्रीमा पुनः नियुक्त हुनुभएका खतिवडाले पदभार सम्हालेपछि मुलुकमा रहेका गरिबी, असमानता, अभाव र अन्याय विरुद्धको लडाईमा जित प्राप्त नगर्दा सम्म नफर्किने बताउनुभयो । पदभार ग्रहणपछि खतिवडाले आफु न्याय र समानताको पक्षमा लडाई लड्ने योद्धा भएको र कमाण्डर फिर्ता नबोलाउँदा सम्म नआउने बताउनुभयो ।

दोस्रो कार्यकाल कहिलेसम्म रहन्छ भन्ने पत्रकारहरुको प्रश्नमा खतिवडाले भन्नुभयो, ‘कार्यकालको विष्षयमा सुरुकै दिन के हिसाब गर्नु । बजेट निर्माण, आथिृक नीति अगाडी बढाउने सन्दर्भमा विकास, सुशासन, न्याय प्रशासन,सामाजिक न्याय र समानताको पक्षको लडाई लड्ने म योद्धा हुँ  ।

योद्धा लडाईमा त्यो बेलासम्म लडिरहन्छ जुनबेलासम्म कमाण्डरले फिर्ता होउ भन्दै या युद्ध जित्दैन । मेरो कार्यकाल पनि त्यही हो । जबसम्म युद्ध जित्दैन या कमाण्डरले फिर्ता आउ भन्दै तबसम्म मुलुकका गरिबी, अभावसँग, भोक, असमानता र अन्ययको विरुद्धमा लडिरहने कुरा हो त्यो हुनाले यसको कुनै समयसीमा हुँदैन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दोस्रो कार्यकालमा स्वभाविक रुपमा चुनौतीहरु थपिएको उहाँले बताउनुभयो । बुधबार नै सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको पदभार ग्रहण गर्दै खतिवडाले अबको आफ्नो कार्यकाल जनतामाझ राखेका प्रतिवद्धताहरु, नीति तथा कार्यक्रमहरु र बजेट मार्फत बोलेका कुराहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पहिलो कार्यकालमा भएका कामहरु सुदृढ ढंगले अघि बढाउने र पुरा नभएका कामहरु पुरा गर्दै जाँने उहाँले बताउनुभयो । खतिवडाले बुधबार नै पद तथा गोपनियताको सथप लिनुभएको थियो । यसअघि मंगलबार राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि खतिवडाले राजीनामा दिनुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com