४७१ प्वाइन्ट हुने ८५ हजार ८ सयलाई यो बर्ष क्यानडाले पीआर दिने, यसरी १ मिनेटमा जाँच्नुहोस् प्वाइन्ट


प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार

आज क्यानडाको सरकारले ३९ सय नयाँ आप्रवासीहरुलाई पीआरका लागि छनौट गरेको छ । एक्सप्रेस इन्ट्री सिस्टम अनतरगत ४७१ भन्दा माथि स्कोर ल्याएकाहरुमध्येबाट उनीहरुलाई छनौट गरिएको हो । उनीहरुले अब क्यानडाको पीआरका लागि आवेदन दिन सक्नेछन् ।

गत फरबरी १९ मा ४७० भन्दा माथि स्कोर ल्याउनेहरुलाई समावेश गरिएपनि आज भने १ प्वाइन्ट बढाएर ४७१ स्कोर ल्याउनेहरुलाई मात्र समावेश गरिएको थियो । क्यानडाको एक्सप्रेस इन्ट्री प्रणाली दक्ष विदेशीहरु भित्राउने मुख्य कार्यक्रम हो ।

आफ्नो प्वाइन्ट जाँच्न यो लिंकमा क्लिक गरेर विवरणहरु भर्नुहोला । आफ्नो नाम भर्न आवश्यक छैन ।

एक्सप्रेस इन्ट्री प्रणालीमा समावेश हुनका लागि उमेर, शिक्षा, कामको अनुभव, भाषाको दक्षता लगायतका विषयमा निश्चित प्वाइन्ट ल्याउन जरुरी हुन्छ । गत फरबरी १९ मा ४५ सय जनालाई क्यानडाको पीआर आवेदनका लागि निमन्त्रणा जारी गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिकतम प्वाइन्ट १२ सय हुने गर्छ । शिक्षा, उमेर, रोजगारको अफर लगायतका आधारमा प्वाइन्टको निर्धारण गरिन्छ ।

यदि तपाई योग्य भएको खण्डमा यो लिंकमार्फत आवेदन दिन सक्नुहुनेछ ।

आजको चिठ्ठा यो बर्षको पाँचौं हो । अहिलेसम्म योबर्षमात्र १८ हजार ७ सयलाई पीआर आवेदनका लागि निमन्त्रणा जारी गरिसकिएको छ । यो बर्ष ८५ हजार ८ सयलाई यो कार्यक्रम अन्तरगत पीआर दिने लक्ष्य राखिएको छ ।

यो कार्यक्रम अन्तरगत बर्षेनी झण्डै एकलाख पीआरका निमन्त्रणाहरु जारी गरिदै आएको छ । यसरी निमन्त्रणा पाउनेलाई ६ महिनाभित्र पीआर जारी गर्ने लक्ष्य लिइएको छ । कम स्कोर ल्याउनेहरुले प्रान्तीय कार्यक्रममा भाग लिनसक्ने समेत जनाइएको छ ।

कार्यक्रमबारे विस्तारमा थाहा पाउन यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com