अर्थ तथा संचारमन्त्री खतिवडाले दिए राजीनामा


प्रकाशित मिति : फाल्गुन २०, २०७६ मंगलबार

अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मन्त्रीपदबाट राजीनामा दिनुभएको छ ।

राष्ट्रियसभा सदस्य रहनुभएका मन्त्री खतिवडाले राष्ट्रियसभाको दुई कार्यकाल पूरा भएकाले राजीनामा दिनुभएको हो । अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. खतिवडाले आज मुख्यसचिव मार्फत् राजिनामा बुझाउनुभएको हो ।

अर्थमन्त्रीको खतिवडाको पद २१ गते रातिबाट सकिने भएको हुदा उहाले २१ गते रातीबाट लागु हुने गरि राजिनामा दिएको स्रोतले जानकारी दिएको छ ।

गोलाप्रथाबाट दुईवर्षे कार्यकालको जिम्मेवारी पाएका खतिवडालगायत १९ जना राष्ट्रिय सभा सदस्यको पदावधि आजबाट सकिएको छ । तर, राजीनामा पछिपनि डा. खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने तयारी रहेको स्रोतले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खतिवडाको सपथ भोलिका लागि नै तय भैसकेको स्रोतको भनाइ छ । राष्ट्रिय सभामा निर्वाचित १८ जना नयाँ सदस्यहरुको भोलि सपथ हुँदैछ । तर, राष्ट्रपतिबाट मनोनित हुने एक जना सदस्य भने केही समयसम्म रिक्त नै रहने स्रोतले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com