पूर्वसांसद्  घिमिरे भारतको पश्चिम बङ्गालमा मृत भेटिए


प्रकाशित मिति : फाल्गुन २०, २०७६ मंगलबार

तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिनुभएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो । झापाको मेचीनगर–१३ दुहागढी घर हुनुभएका उहाँले आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहनुभएको पारिवारिक स्रोतले बताएको छ ।

तीन दिनअघि दाह्री काट्न घर नजीकैको “चारआली बजार जान्छु” भनी घरबाट बाहिरिनुभएका उहाँ त्यसपछि सम्पर्कविहीन हुनुहुन्थ्यो ।उहाँको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ । नेपालबाट जानुभएका मृतकका भाइ नरेन्द्रले शव पहिचान गर्नुभएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

विसं २०२३ देखि कम्युनिष्ट आन्दोलनमा लाग्नुभएका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा माओवादीका तर्फबाट सभासद् निर्वाचित हुनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय भोग्नुभएको थियो । नख्खु कारागार तोड्नेमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो ।

भारतीय प्रहरीले उहाँ एशियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा पर्नुभएको र घटनास्थलमै मृत्यु भएको जानकारी दिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो । मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com