जहाँ परमेश्वरीको इच्छापछि मात्रै बिरामीलाई अस्पताल लगिन्छ


प्रकाशित मिति : फाल्गुन २०, २०७६ मंगलबार

“दूधको दूध, पानीको पानी छुट्याइदिनुप-यो देवता परमेश्वरी, हामी तिम्रो भर, शरणमा परेका छौँ, हामी पाठी खाने भए पाठी, चल्लो खाने भए चल्लो दिन तयार छौँ”, बारेकोट–८ लैखमका धनबहादुर खत्रीको घरमा दैनिक बिहान र साँझपख सुनिने भाषा हो यो ।

गाउँभरिका मानिस बिरामी हुनेबित्तिकै धनबहादुरको घरमा धामी हेराउन जाँदा दैनिक धनबहादुरको शरीरमा देवी चढेपछि बिरामीका आफन्तले देवीलाई सुनाउने सबैभन्दा महत्वपूर्ण श्लोक हो यो ।

यहाँका अधिकांश स्थानीयवासी आफन्त बिरामी हुँदा एक घण्टाको दूरीमा रहेको स्वास्थ्य संस्था लैजानुभन्दा पहिला धामीकहाँ लिएर देवता हेराएपछि मात्र देवताको आदेशमा बाँकी काम गर्छन् । धामी, झाँक्रीले ‘हामी सक्दैनौँ’ भनेर सल्लाह दिएपछि मात्र स्वास्थ्य संस्था लैजाने गरेको पाइएको छ ।

सामान्य टाउको दुख्दा होस् वा सामग्री हराउँदा, देवताकै शरणमा गएर सल्लाह लिने चलन जाजरकोट, रुकुमपश्चिम र डोल्पाका गाउँमा विद्यमान छ । कहाँका धामीले कति सही कुरा गर्छ भन्ने गाउँमा छलफलसम्म हुने गरेको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “खेतबारीमा लगाएको मकै, धानलगायतका अन्नबाली घरमा भित्र्याउनसमेत धामीले दिएको दिनलाई उपयुक्त समय मानेर गाउँभरिको काम हुने गर्छ, सो समयलाई नमान्नेको घरमा अनिष्ट हुने जनविश्वास छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ घरमा प्रवेश गर्नेदेखि नयाँ कामको थालनी गर्दासम्मका काम धामीले दिएको साइतकै आधारमा हुने गरेको खत्रीको भनाइ छ । जिल्लाको बारेकोट, जुनिचाँदे गाउँपालिकामा देवीदेवताको विश्वासका आधारमा काम बढी हुने गरेको पत्रकार रेशमबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घरमा भैँसी ब्याएपछि दूध खानलाई समेत देवताकै शरणमा जानुपर्छ, देवताले दिएको दिनबाहेक अरु दिनमा दूध खान नमिल्ने संस्कार अझै गाउँमा छ ।”

त्यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटमा बालात्रिपुरासुन्दरीका धामीले दिएको साइतबाहेक अरु साइतमा दशैँका टीका नै नहुने प्रचलन कायम छ । धामीले दिएको साइत हेर्दा दुई वर्षअघि दशैँको टीका एक दिनपछि सरेको स्थानीयवासी विष्णुप्रसाद देवकोटा बताउनुहुन्छ । कुनै पनि नयाँ काम गर्दा बालात्रिपुरासुन्दरीको आज्ञाअनुसार नै गर्दै आएको उहाँको भनाइ छ ।

विसं २०७२ मा फैलिएको मौसमी फ्लु रोक्नका लागि समेत देवीकै भाकल गरिएको थियो । दुई दिनदेखि त्रिपुरासुन्दरी नगरपालालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोग रोकथाम गर्न भन्दै स्थानीयवासी धामीको शरणमा पुगेको बताइएको छ । हिउँद, वर्षायाममा पानी नपर्दा खेती गर्न नपाएका कृषकसमेत पानी पार्न अनुरोध गर्दै धामीकै शरणमा पुग्दै आएका छन् । उपल्लो डोल्पामा बर्सेनि उवाखेती भित्र्याउँदा लामाले साइत हेरेर मात्र भित्र्याउने चलन कायमै ।

गाउँलेहरूले लगाएको अन्नबाली पशुचौपायले खाँदा घर मालिक पत्ता लगाउनसमेत देवताको मन्दिरबाट ध्वजा, पताका लिएर क्षतिपूर्ति उपलब्ध गराउने चलन डोल्पा, जाजरकोट र रुकुमपश्चिमका गाउँमा अझै कायम रहेको पञ्च भयार माध्यमिक विद्यालय नलगाड नगरपालिका–८ का शिक्षक वीरबहादुर खत्रीले जानकारी दिनुभयो ।

सामाजिकरूपमा जकडिएको हाम्रो समाज अझै मूलप्रवाहमा आउन वर्षौं पर्खनुपर्ने बुद्धिजीवी सुदाम गौतम बताउनहुन्छ । समाजका हरेक गतिविधि संस्कारकै रूपमा स्थापित भएकाले सजिलै हट्ने सङ्केत आफूले नदेखेको उहाँको भनाइ छ । “हाम्रा गतिविधि सुधारोन्मुख हुनुपर्दछ, अनि मात्र हामी एक दिन सही ठाउँमा पुग्दछौँ”, उहाँले भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com