एक सातामा प्रधानमन्त्रीलाई घर फर्काउँछौं : डा. खड्का


प्रकाशित मिति : फाल्गुन २०, २०७६ मंगलबार

दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ । हिजो त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणका लागि भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको भोलि मृगौला प्रत्यारोपणको मिति तोकिएको छ । शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले बढीमा हप्तादिनमा प्रधानमन्त्री ओली घर फर्किने बताउनुभयो ।

अहिलेसम्म ८ सय व्यक्तिको सफल मृगौला प्रत्यारोण गरिएको बताउँदै डा. खड्काले बढीमा ७ दिनसम्म अस्पतालमा राखेर घर पठाउने गरिएको बताउनुभयो । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण शिक्षण अस्पतालमै गर्न पाउनु गौरबपूर्ण कुरा र अवशर भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले स्वदेशमै मृगौला प्रत्यारोपण गर्ने निर्णयले जनतामा अस्पतालप्रतिको विश्वास झनै बढ्ने र नेताहरु उपचारका लागि विदेश जाने क्रम कम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न केही दिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने भिडियो सन्देश मार्फत बताउनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com