कर्णाली रोजगारलाई ६० लाख पाउन्ड


प्रकाशित मिति : चैत्र ११, २०७३ शुक्रबार

काठमाडौं / कर्णाली रोजगार कार्यक्रमका लागि बेलायती सहयोग नियोगले ६० लाख स्टर्लिङ पाउन्ड दिने भएको छ । सरकारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत दुर्गम मानिएको कर्णाली अञ्चलका ५ जिल्लामा आर्थिक वर्ष २०६३/६४ देखि रोजगार कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

कार्यक्रमका लागि पहिलो दातृ निकाय नियोगले उक्त जिल्लाका साथै बाजुराका ९ वटा गाउँका गरिब तथा विपन्न परिवारका लागि उक्त रकम दिने भएको हो ।उक्त रकम आगामी आर्थिक वर्ष २०७४/७५ देखि लागू हुने भएको हो । बेलायती सहयोग नियोगका नेपालस्थित कार्यालयका निमित्त प्रमुख मार्क स्मिथ र मन्त्रालयका सचिव केदारबहादुर अधिकारीबीच बुधबार सिंहदरबारमा उक्त सम्झौता भएको हो ।

नियोगले प्रदान गर्ने उक्त रकम सरकारले सन् २०१९ को डिसेम्बर महिनाभित्र खर्च गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । मन्त्रालयको कर्णाली रोजगार कार्यक्रमका प्रमुख भूपेन्द्र सापकोटाले कार्यक्रमबाट हालसम्म २ लाख ९८ हजार २ सय १३ लाभग्राहीले ३७ लाख ३१ हजार ९ सय ११ दिन रोजगार पाइसकेको जानकारी दिए । उनका अनुसार १ हजार ६ सय ७५ वटा संरचनामध्ये ग्रामीण सडक, लघु जलविद्युत्, कुलो, खेलमैदान, बगैंचाजस्ता सामुदायिक सम्पत्ति निर्माण भइसकेका छन् ।

कर्णाली रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि २०७१ सालमा मन्त्रालयले कार्यक्रम सञ्चालन निर्देशिका जारी गर्नुका साथै आवधिक अनुगमन, मूल्यांकन, समस्या समाधानका लागि मन्त्रालयका सचिवको अध्यक्षतामा केन्द्रीय समन्वय समिति र प्राविधिक मार्गदर्शनका लागि वैदेशिक सहयोग समन्वय तथा योजना महाशाखा प्रमुख केदारनाथ शर्माको अध्यक्षतामा प्राविधिक समितिसमेत गठन गरिएको छ । अन्नपूर्ण पाेष्टबाट

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com