जुजुभाइद्वारा जिब्रो नछेड्ने घोषणा


प्रकाशित मिति : चैत्र ११, २०७३ शुक्रबार

भक्तपुर/ बिस्केट जात्रामा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा यस वर्ष संकटमा परेको छ । मध्यपुर थिमीको बोडेमा सयौँ वर्षअगाडिदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको जिब्रो छेड्ने जात्रा यस वर्ष संकटमा परेको हो ।

आठ वर्षदेखि जिब्रो छेड्दै आएका ३८ वर्षका जुजुभाइ बाग श्रेष्ठले यस वर्ष जिब्रो नछेड्ने बताएका छन् । ‘विगत आठ वर्षदेखि मैले जिब्रो छेड्दै आएको हुँ, यस वर्ष भने मैले यो जात्रालाई निरन्तरता दिन सकिनँ, त्यसैले जिब्रो नछेड्ने निर्णय गरेँ, अब बोडेका अरू व्यक्ति जिब्रो छेड्न तयार हुनुपर्छ,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

विगतका वर्षमा पनि जिब्रो छेड्ने व्यक्ति तयार नहुँदा जात्रालाई निरन्तरता दिएका जुजुभाइले यस वर्ष जिब्रो नछेड्ने भएपछि अरू तयार नभए जात्रा नै रोकिने भएको छ । घरमा पारिवारिक समस्या आएको र बोडेका अरूलाई पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेड्ने अवसर प्रदान गर्न आफूले यस वर्ष जिब्रो नछेड्ने निर्णय गरेको उनले बताए ।

जुजुभाइले जिब्रो छेड्नुअघि चार वर्ष बुद्धकृष्ण बाग श्रेष्ठ र १२ वर्ष उनका दाजु कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए ।नयाँ पत्रिका

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com