प्रधानमन्त्रीको शल्यक्रिया डा. ज्ञवालीले गर्दै, विदेशी डाक्टर ‘स्ट्याण्ड बाई’


प्रकाशित मिति : फाल्गुन १९, २०७६ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओली आज अपरान्ह त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनु हुनेछ । पर्सि बुधबार र्मिगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज शिक्षण अस्पताल भर्ना हुन लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणमा नेपालले प्राप्त गरेको सफलताबाट विश्वस्त भएर नेपालमै दोस्रो पटक प्रत्यारोपण गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा नै मिर्गौला प्रत्यारोपण हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ । प्रत्यारोपणमा विदेशी डाक्टर संलग्नताको विषयको टुंगो निर्णय दिउँसो ३ बजे बस्ने बैठकले लगाउने डाक्टर ज्ञवालीले बताउनुभयो । प्रधानमन्त्री ओलीको २०६३ मा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले निरन्तर औषधि खाइरहनुभएको छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणका लागि अग्रिम शुभकामना व्यक्त गर्नुभएको छ । ट्वीटमार्फत् उनले प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभ खुसी र दीघार्युका लागि भगवान पशुपतिनाथले आशिर्वाद दिउन भन्ने कामना गर्नुभएको छ । साथै नेपाली र भारतबीचको सम्बन्धलाई नया“ उचाईमा र्पुयाउन प्रधानमन्त्री ओलीको योगदान आगामी दिनमा अझै मजबुत हु“दै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com