प्रधानमन्त्री ओलीलाई नातिनीले दिने मिर्गौला !


प्रकाशित मिति : फाल्गुन १८, २०७६ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नका लागि नातिनीसँग ‘म्याच’ भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार नातिनीको मिर्गौलासँग म्याच गरेपछि उहाँ मिर्गौला दिन तयार हुनुभएको हो ।

प्रधानमन्त्रीका नजिकका आफन्ततर्फकी नातिनीको नाम गोप्य राखिएको छ । ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो ।

यसअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएको थियो । ओलीको पहिलो मिर्गौला प्रत्यारोपण १३ वर्षअघि दिल्लीमा भएको थियो ।

दोस्रो प्रत्यारोपण भने देशभित्रै शिक्षण अस्पतालमा गर्ने चाहना प्रधानमन्त्रीले ब्यक्त गर्नुभएको हो । मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने हल्ला समेत चलेका बेला प्रधानमन्त्रीले भने देशभित्रै उपचार गराउन चाहेको बालुवाटार स्रोतले जनाएको छ ।

नेपालका सरकारी अस्पताल र चिकित्सकप्रति भरोसा बढाउन पनि प्रधानमन्त्रीले शिक्षण अस्पताल रोजेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । उहाको त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुनेछ । यसका लागि प्रधानमन्त्री भोली नै अस्पताल भर्ना हुनुहुनेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com