प्रधानमन्त्री आज सप्ताहब्यापी भ्रमणमा चीन जांदै


प्रकाशित मिति : चैत्र १०, २०७३ बिहीबार

काठमाडौं १० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सप्ताहब्यापी भ्रमणका लागि आज चीन जादै हुनुहुन्छ । आज राती साढे १० बजे चाइना साउदन एयरलायन्सबाट श्रीमती सिता दाहाल, स्वकिय सचिव छोरा प्रकाश दाहाल, परराष्ट्रमन्त्री डाक्टर प्रकाश शरण महत सहित १५ जना सदस्य टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड चिन जान लाग्नु भएको हो । प्रधानमन्त्री प्रचण्डले ११ गते चीनका उपप्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ । १२ गते वोआओ फोरमलाई सम्वोधन गर्नै कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा नेपाल र चीन सम्वन्धबारे प्रवचन समेत दिने कार्यक्रम रहेको छ ।साथै चिनिया उद्योगीहरुलाई सम्बोधन गर्ने अर्को कार्यक्रम पनि छ । चिनिया राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री प्रचण्डबीच १३ गते १५ मिनट मात्र भेटर्वार्ता गर्ने तय भएको छ । प्रधानमन्त्री प्रचण्ड आगामी १६ गते ल्हासा हुदै स्वदेश फर्कने कार्यक्रम रहेको छ । भ्रमणमा दुई देशबीच कुनै सम्झौता तथा साझेदारीमा हस्ताक्षर नहुने भएको छ । भ्रमणका क्रममा विगतको सहमति सम्झौता कार्यान्वयन र आगामी महत्वपूर्ण योजनाका लागि दुईदेशबीचको सुमधुर वातावरण बनाउनेमा केन्द्रित हुने जनाइएको छ । नेपालले लगानी, क्रस वोर्डर ईकोनोमिक जोन, वान वेल्ट वान रोड, सडक तथा रेलको सन्दर्भमा गहन र वृहत रुपमा छलफल र थप सहमति तथा सम्झौताका लागि आधार निर्माण गर्ने बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com