माओवादी केन्द्रको निष्कर्षः कञ्चनपुर गोलीकाण्डमा भारतले माफी माग्नु पर्छ


प्रकाशित मिति : चैत्र १०, २०७३ बिहीबार

काठमाडौं १० चैत्र । कञ्चनपुर गोलीकाण्डमा भारतले माफी माग्नुपर्ने सत्तारुढ नेकपा माओवादी केन्द्रले निष्कर्ष निकालेको छ । सप्तरीमा प्रहरीको गोली लागेर मृत्यु भएका पाँचै जनालाई शहीद घोषणा गर्नुपर्ने निष्कर्ष पनि माओवादीले निकालेको हो । समसामयिक परिस्थितिबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक विहीबार सिंहदरबारमा बसेको बैठकमा कञ्चनपुर र सप्तरी गोलीकाण्डको विषयमा पनि छलफल भएको जनाईएको हो ।

गत फागुन २६ गते कञ्चनपुरको पुनर्वास नगरपालिकाको आनन्द बजारमा एसएसबीको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको थियो । सो घटनामा भारतीय सुरक्षाकर्मीको लापरवाही पुष्टि भएकाले भारतले माफी माग्नुपर्ने निष्कर्ष बैठकले निकालेको माओवादी केन्द्र श्रोतले जानकारी दिए ।
नेपाल(भारत सीमा क्षेत्रमा कल्भर्ट निर्माण गर्ने विषयमा विवाद हुँदा एसएसबीले चलाएको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको थियो । गौतमलाई सरकारले शहीद घोषणा गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com