अमेरिकी कामदारभिसाको अनलाइन दर्ता मार्च १ को मध्यान्हबाट, लोटरीमार्फत परिणाम मार्च ३१ मै


प्रकाशित मिति : फाल्गुन १६, २०७६ शुक्रबार

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइनमार्फत दर्ता अवधि मार्च १ को दिउसो १२ बजेबाट सुरु हुने युएससीआईएसले घोषणा गरेको छ । पूर्वीय समय अनुशार दिउसो १२ बजेबाट दर्ता खुल्ने र मार्च २० दिउसो १२ बजेसम्म दर्ता गर्न सकिने युएससीआईएसले जनाएको छ ।

आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र आवेदक र उनीहरुका प्रतिनिधिहरुले आवेदक र लाभग्राहीको विवरण भरेर अनलाइनमार्फत दर्ता गराउन सक्नेछन् । हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ ।

उक्त नम्बर रजिस्ट्रेशन ट्रयाक गर्ने प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ । तर उक्त नम्बर केस नम्बर नभएका कारण युएससीआईएसको केस स्टाटस हेर्न भने प्रयोग हुनेछैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आवेदक वा प्रतिनिधिले अनलाइनमार्फत दर्ता गराउनका लागि युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गर्नुपर्नेछ । साथै १० डलर आवेदन शुल्कसमेत बुझाउनुपर्नेछ ।

आवेदक वा उनीहरुका प्रतिनिधिले एउटै अनलाइन सेसनमा एकभन्दा धेरैका लागि आवेदन दर्ता गराउन सक्नेछन् । अनलाइन एकाउन्टमा मार्च १ भन्दा अगाडि नै विवरणहरु भरेर ड्राफ्ट बनाएर राख्न सकिनेछ । तर दर्ता भने मार्च १ को दिउसो १२ बजेपछिमात्र गर्नुपर्नेछ ।

मार्च २० भित्र प्रयाप्त आवेदनहरु आएको खण्डमा युएससीआईएसले मार्च २० को दिउसो १२ बजे नै अनलाइन दर्ता बन्द गर्नेछ । त्यसपछि लोटरी प्रणालीबाट छनौट गरेर मार्चको ३१ सम्म छनौट भएकाहरुलाई सुचित गरिनेछ ।

त्यसपछि छनौट भएका आवेदनउपरमात्र आवेदकले एचवान बी भिसाका लागि प्रकृया अगाडि बढाउन सक्नेछन् । सबै प्रकृया पूरा गरेको खण्डमा उनीहरुले भिसा प्राप्त गर्नसक्नेछन् ।

उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि यो बर्षदेखि नयाँ प्रकृयाको थालनी हुन लागेको हो ।

पहिलोपटक अमेरिकी रोजगारदाताले क्षमतावान उच्च शिक्षा प्राप्त कामदारहरुका लागि अनलाइनमार्फत रजिस्ट्रेशन गर्न पाउने भएका छन् । ब्याचलर डिग्री गरेकाहरुका लागि ६५ हजारको कोटा रहेको छ भने अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजारको कोटा रहेको छ । तर अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुले ६५ हजारको कोटामा समेत भाग लिन पाउनेछन् ।

यदि तपाई आवेदक हुनुहुन्छ भने अनलाइन एकाउन्ट बनाएर दर्ता गर्ने प्रकृया यो भिडियोमा हेर्नुहोला ।

यदि तपाई कानुन व्यवसायी वा प्रतिनिधि हुनुहुन्छ भने अनलाइन एकाउन्ट बनाएर दर्ता गर्ने प्रकृया यो भिडियोमा हेर्नुहोला ।

अनलाइन एकाउन्ट बनाउन र दर्ता गर्न मार्च २० सम्म नै सकिनेछ । छनौट प्रकृया दर्ता प्रकृया समाप्त भएपछिमात्र सुरु हुने भएकाले आवेदन मार्च १ मा नै पठाउन अनिवार्य नभएको युएससीआईएसले जनाएको छ ।

 

एचवानबी काममदार भिसाबारे थप थाहा पाउन यहाँ क्लिक गर्नुहोला ।

एउटै आर्थिक बर्षमा एउटै व्यक्तिका लागि एउटा भन्दा बढी आवेदन दिएको खण्डमा त्यस्ता आवेदनहरु स्वत अस्वीकृत हुनेछन् । तर आर्थिक बर्षमा कुनै कारणवश भिसा नम्बर बढाउनुपर्नेभएमा होल्डमा राखिएकाहरुबाट पुन छनौट गरिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com