फ्रान्स पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ
प्रकाशित मिति : फाल्गुन १६, २०७६ शुक्रबार

नेपालमा विदेश पठाइदिन्छु भन्दै ठगीहरु गर्नेहरुको बिगबिगी रहेको छ । तर यसरी ठगी गर्नेहरु बेलाबेलामा प्रहरीको फन्दामा समेत पर्दै आएका छन् ।
वैदेशिक रोजगारका लागि फ्रान्स पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा रुपन्देही दुधराक्ष घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-१९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ वर्षीया पूर्णिमा श्रीषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा प्याकिङ फुड कामको लागि आकर्षक तलव हुन्छ भनी प्रलोभनमा पारी श्रीषले विभिन्न मितिहरुमा ३ जनासँग नगद ३८ लाख ५० हजार रुपैयाँ लिई सम्पर्क विहीन भई फरार भएकोजनाइएको छ ।
त्यही सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई तारकेश्वर नगरपालिका-१९ बासुकिनाग मार्ग मनमैजुबाट पक्राउ गरेको हो ।
श्रीषलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।