ग्रिनकार्डवाहक एकपटकमा ६ महिनाभन्दा बढी बाहिर बसे कस्ता समस्या हुनसक्छन्?


प्रकाशित मिति : माघ २९, २०८० सोमबार

अमेरिकी ग्रिनकार्डवाहक अमेरिकावाहिर यात्रा गर्दा एकैपटकमा ६ महिनाभन्दा बढी बाहिर बसेमा अमेरिकी नागरिकता लिने बेलामा समस्या हुनसक्ने युएससीआईएसले स्पष्ट पारेको छ ।  युएससीआईएसले एकपटकमा ६ महिनाभन्दा बढी अमेरिकाबाहिर बसेमा ग्रिनकार्डवाहकले निरन्तर बसोबासको नियमलाई उल्लंघन गरेको ठहरिने स्पष्ट पारेको छ ।

निरन्तरबसोबासबारेको नीति यहाँ पढ्नुहोला ।

यदि कुनै व्यक्ति अमेरिकाको ग्रिनकार्डवाहक छ र उसले आगामी ५ बर्षभित्र अमेरिकी नागरिकताको आवेदन दिने योजना बनाएको छ भने त्यस्तो व्यक्तिले अमेरिकाबाहिर गएर एकैपटकमा ६ महिनाभन्दा बढी बसेमा नागरिकता लिनका लागि निरन्तर बसोबासलाई तोडेको सन्दर्भमा चित्तबुझ्दो जवाफ पेश गर्न सक्नुपर्नेछ । अन्यथा ६ महिनाभन्दा बढी बसेर फर्किसकेपछि अमेरिकी नागरिकता आवेदनका लागि अर्को साढे ४ बर्ष कुर्नुपर्ने हुन्छ ।

ग्रिनकार्डबाहक अमेरिकी नागरिकताको लागि योग्य हुनका लागि सामान्यतया ग्रिनकार्ड प्राप्त गरेको ५ बर्ष हुनुपर्ने, ५ बर्षको अवधिमा कम्तीमा ३० महिना अमेरिकाभित्रै बसेको हुनुपर्ने, अमेरिकाबाहिर गएर एकपटकमा ६ महिनाभन्दा कम बसेको हुनुपर्ने, नागरिकताको लागि आवेदन दिनेबेलाको ठेगानामा कम्तीमा ३ महिना बसेको हुनुपर्ने, असल नैतिक चरित्रको हुनुपर्ने र सिभिक टेस्ट उत्तिर्ण गर्नुपर्ने प्रावधान रहेको छ ।

a passport sitting on top of a table next to a cup of coffee

यदि ग्रिनकार्डवाहक अमेरिकाबाहिर एकपटकमा ६ महिनाभन्दा कम अवधि बसेको छ भने उक्त व्यक्ति नागरिकता आवेदन दिनका लागि योग्य हुन्छ । त्यस्तै ६ महिनाभन्दा बढी र एकबर्षभन्दा कम अवधि बसेको व्यक्ति नागरिकता आवेदन दिनका लागि योग्य त हुन्छ तर उसले निरन्तर बसाई तोड्नुको कारणबारे युससीआईएसलाई चित्तबुझ्दो जवाफ पेश गर्नसक्नुपर्छ । तर एकपटकमा एकबर्षभन्दा बढी अवधि बसेको व्यक्ति सामान्यता अमेरिकी नागरिकता आवेदन दिनका लागि योग्य हुँदैन । उसले अमेरिकी नागरिकताको लागि आवेदन दिनका लागि कम्तीमा अर्को साढे ४ बर्षको अवधि कुनुपर्ने हुनसक्छ ।

तर कतिपय विदेशको योग्य जागिरमा एकबर्षभन्दा बढी बसेको भएमा पनि त्यसलाई युएससीआईएसले निरन्तर बसोबासकै रुपमा मान्नसक्नेछ । तर त्यसका लागि आवेदकले एन ४७० आवेदन दिएको हुनुपर्छ । अमेरिकी ग्रिनकार्डवाहकका रुपमा निरन्तर अमेरिकामा एकबर्षबसेको व्यक्तिले अमेरिकाबाहिर जागिरका लागि एकबर्षभन्दा बढी बस्नु परेमा एन ४७० आवेदन दिनसक्छ । यो आवेदन विदेशमा रोजगारी सुुरु हुनुभन्दा अगाडि सुरु हुने वित्तिकै दिनुपर्छ । आवेदन दिने बेलामा विदेशमा रोजगारीको एकबर्ष पूरा भइसकेको हुनुहुँदैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com