Follow @khasokhasmag

अब राष्ट्रिय दलको मान्यता कस्ले पाउँछ ?


प्रकाशित मिति : चैत्र १०, २०७३ बिहीबार

काठमाडौं । व्यवस्थापिका संसद्को बुधबारको बैठकले राजनीतिक दलसम्बन्धी विधेयक पारित गरेको छ ।
अब राष्ट्रिय दलको मान्यता पाउन कुनै पनि दलले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट अनिवार्य रूपमा जित्नुपर्नेछ ।

नया व्यवस्था अनुसार कुनै दलले समानुपातिकतर्फ खसेको कुल सदर मतको ३ प्रतिशत मत ल्यायो तर, प्रत्यक्षमा एक सिट पनि जित्न सकेन भने उक्त दलको प्रतिनिधिसभामा प्रतिनिधित्व हुनेछैन ।

निर्वाचन आयोगले राजनीतिक दलसम्वन्धी ऐनको मस्यौदामा ३ प्रतिशत थ्रेस होल्ड राख्न प्रस्ताव गरेको थियो । साना दलहरूको विरोधका बीच थ्रेसहोल्ड सम्बन्धी विधेयक संसद्बाट बहुमतले पारित भएको हो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com