नायिका आँचलले गरिन् इन्गेजमेन्ट


प्रकाशित मिति : फाल्गुन १२, २०७६ सोमबार

नायिका आँचल शर्माले प्रेमी डा.उदिप श्रेष्ठसँग आज सोमबार इन्गेजमेन्ट गरेकी छिन् । उनीहरुले काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा औंठी साटासाट गरेका हुन् ।

उनीहरुले इन्गेजमेन्ट गर्दा समेत विवाहको मिति सार्वजनिक गरेका छैनन् । उनीहरु फागुन अन्तिम साता बैवाहिक बन्धनमा बाँधिदैछन् ।

डेढ वर्ष लामो प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गर्न लागेका हुन् । आँचलले विवाहको लागी निकै उत्साहित भएको बताउदै आएकी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com