राष्ट्रपतिको तीन घण्टे भ्रमणका लागि ८५ करोड खर्च


प्रकाशित मिति : फाल्गुन १२, २०७६ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुगेका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको थियो ।

ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका थिए भने राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमानस्थलमा स्वागतमा पुगेर स्वागत गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्म सोमबार दुईदिने औपचारिक भ्रमणका लागि भारत रहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको सरदार वल्लभभाइ पटेल अन्तरष्ट्रिय विमानस्थलमा राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई स्वागत गरे । विमानस्थल बाट राष्ट्रपति ट्रम्प सिधै साबरमती आश्रम पुगेका थिए । उनले साबरमती आश्रममा रहेको ‘हृदय कुञ्ज’मा चर्खा समेत घुमाए । हृदय कुञ्जमा सन् १९१८ देखि १९३० सम्म महात्मा गान्धी र उनकी श्रीमती कस्तुरबा गान्धी बसेका थिए । गान्धी आश्रममा ट्रम्पले महात्मा गान्धीको तस्बिरमा माल्यार्पण गरिएको थियो ।

माहात्मा गान्धीलाई श्रद्धाञ्जली दिइसकेपछि उनले आगन्तुक पुस्तिकामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देश लेखे । यद्यपि परम्पराअनुसार कुनै प्रसिद्ध व्यक्ति गान्धी आश्रममा आउँदा महात्मा गान्धीको संघर्ष वा उसको व्यक्तित्वको बारेमा आफ्ना विचार लेख्ने गर्छन् । आश्रम छोड्नु अघि उनले प्रधानमन्त्री नरेन्द्र मोदीका लागि आगन्तुक पुस्तिकमा सन्देश लेखे । ट्रम्पले पुस्तिकामा लेखेका छन् ‘यस अद्भुत यात्राको लागि मेरो महान् मित्र प्रधानमन्त्री मोदीलाई धन्यवाद ।’ यसअघि सन् २००१ मा तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले महात्मा गान्धीलाई श्रद्धाञ्जली दिएर गान्धीको विचारलाई विश्वको आध्यात्मिक धरोहरको रूपमा वर्णन गरेका थिए । २०१८ मा भारतको भ्रमण गरेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेखेका थिए, ‘मानवताका महान् भविष्यवक्ताहरू मध्ये एक महात्मा गान्धीको स्थलको प्रेरणादायक भ्रमण ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर यसपटक मोदिको प्रशांस गरियो । साबरमती आश्रममा केही बेर रोकिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्प एक लाख १० हजार दर्शक क्षमता रहेको मोटेरा अन्तराष्ट्रिय क्रिकेट रंगशालामा पुगेका थिए । जहाँ ट्रम्पलाई हजारौं भारतीय नागरिकले ‘नमस्ते, राष्ट्रपति ट्रम्प’ भनेर अभिवादन गरेका थिए । ट्रम्पले गुजरातको राजधानी अहमदावादस्थित विश्वकै ठूलो क्रिकेट स्टेडियम उद्घाटन गर्ने कार्यक्रम थियो । उद्घाटन कार्यक्रममा अमेरीकी राष्टपति मोदीको खुलेरे प्रशंसा गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धार्मिक स्वतन्त्रताका बारेमा कुराकानी गर्ने ह्वाइटहाउसले जनाएको छ । त्यस्तै ट्रम्पले मोदीसँग नागरिकता संशोधन कानुन(सीएए) र राष्ट्रिय नागरिकता रजिस्टर(एनआरसी) का बारेमा पनि कुराकानी गर्ने तयारी रहेको स्रोतले बताएको छ ।

यता ट्रप्पकै भ्रमणलाई भब्य देखाउन तीन घण्टे भ्रमणका लागि भारतले ८५ करोड भारतीय रुपैयाँ खर्च गरेको छ । ट्रम्पको तीन घण्टे भ्रमणका लागि अहमदावाद सहरलाई सजाउन, सडक पिच गर्न, सुकुम्बासीहरुको झुपडी रहेको बस्तीलाई सडक किनारमा ७ फिट अग्लो पर्खाल बनाएर ढाक्ने लगायतका काम गर्न गुजरात सरकारले ८५ करोड रुपैयाँ खर्च गरेको छ । ८५ करोड रुपैयाँको करिब आधा हिस्सा सुरक्षा व्यवस्थामा खर्च गरेका छन् । भारतिय प्रधानमन्त्री निकै शक्तिशाली मानिने राष्ट्रपतिको निकै गुनगाना मात्र गायन उनले भारत अन्तराष्टिय महाशिक्तीकारुपमा अघि बढेको समेत बताए ।

ट्रम्पको भ्रमण अवधिको सुरक्षाका लागि १२ हजार प्रहरी तैनाथ गरिएको छ । ट्रम्पको सवारी मार्गमा पर्ने क्षेत्रलाई सजाउनका लागि ६ करोड रुपैयाँ खर्च भएको छ । यस्तै सांस्कृतिक कार्यक्रमका लागि ४ करोड रुपैयाँ खर्च हुने जनाइएको छ । अहमदावाद ट्रम्पले उद्घाटन गर्ने स्टेडियमसम्म पुग्ने सडक चौडा गर्न र अन्य पूर्वाधान निर्माणका लागि ३० करोड रुपैयाँ खर्च भएको हो । राष्ट्रपति बनेपछि पहिलो पटक भारत भ्रमणमा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षामा भारत सरकारले कुनै कसर बाँकी राखेको छैन । पूरै अहमदाबाद शहर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ठूलाठूला ‘कटआउट’ र होर्डिङ्ग बोर्डले भरिएका छन् । ट्रम्प र अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पको तस्बिर पनि होर्डिङ्ग बोर्डमा लगाइएका छन् । नमस्ते ट्रम्प कार्यक्रमलाई भारत र अमेरिकाको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।

राष्ट्रपति ट्रम्पलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहमदाबाद एअरपोर्ट पुगेका थिए । ट्रम्पसँगै अमेरिकाकी फस्र्ट लेडी मेलानिया ट्रम्प र छोरी इभान्का पनि भारत भ्रमणमा आएका हुन् । डोनाल्ड ट्रम्प राष्ट्रपति बनिसकेपछि पहिलो पटक भारत आइपुगेका हुन् । अमेरिकामा चुनावी वर्ष सुरु हुँदै गर्दा ट्रम्पले भारत भ्रमण गरेका हुन् । यस भ्रमणका क्रममा दुई देशका प्रमुखबीच व्यापारिक सम्भौता हुने बताइएको छ । यही कारण ट्रम्पको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

यसरी भूमिका बाँध्दै उनले राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशंसा गेका हुन् । त्यो सुनेर ट्रम्प दंग परे । ट्रम्पलाई ठूला भीडका अगाडि प्रस्तुति दिन मन पर्छ । चुनाव जितेदेखि नै उनले भीडलाई सम्बोधन गर्ने काम छोडेका छैनन् । अनि मोदी पनि भीडका अगाडि सम्बोधन गर्न रुचाउने व्यक्ति हुन् । अमेरिकामा अलिअलि झलक पाइसकेका ट्रम्पले मोदीको स्टार पावर सोमवार र मंगलवार झनै बढी देखे जस्तो गरे उनले आफूलाई ७० लाख मानिसले विमानस्थल र कार्यक्रमस्थलका बीचमा उभिएर स्वागत गर्ने भनी ट्रम्पले फुइँ समेत लगाए । तर त्यस शहरको जनसंख्या ५० लाख ६० हजार छ ।

वाशिङटन र नयाँ दिल्लीबीच व्यापारका विषयमा मतभेद छ । तर मोदीले ट्रम्पलाई जनतामाझ कसरी लोकप्रिय हुने भनी बाटो देखाएका छन् । उनले आफ्नो पार्टी र आफ्नो आधारभूमिलाई आफूवरिपरि घुमाउनुका साथै देशका बहुसंख्यक जनतालाई आफ्नो पक्षमा पारेका छन् । यसको विपरीत, ट्रम्पले चाहिँ भर्खरै मात्र महाअभियोगको छलफल सामना गरेका हुन् यद्यपि उनी पद जोगाउन सफल भए । अनि उनले आगामी नोभेम्बर महिनामा कडा प्रतिस्पर्धा हुने निर्वाचनको सामना गर्नुपर्ने भएको छ ।

आफू निवाचित भएदेखि नै ट्रम्पले बलिया शासकहरूप्रति सम्मान दर्शाउने गरेका छन् । उनले चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेचेप तैयिप अर्दोआनलाई प्रशंसा गर्ने गरेका छन् । यसले उनका आलोचकहरूलाई चिन्तित तुल्याएको छ र उनीहरू ट्रम्पमा सर्वसत्तावादी सोच रहेको र आफूप्रति विमति राख्नेलाई उनले घृणा गर्ने गरेको बताउँछन् । भारत हुन त अमेरिकाभन्दा ऐतिहासिक र प्रणालीगत रूपमा नितान्त भिन्न मुलुक हो तर मोदीका रूपमा ट्रम्पले लोकतान्त्रिक निरंकुशताको उदाहरण पाएका छन् । देशलाई मुट्ठीमा लिन र विपक्षीलाई ध्वस्त पार्न निरंकुश शासन नै आवश्यक छैन भन्ने कुरा मोदीले प्रमाणित गरेका छन् । ट्रम्प र मोदीबीच अनेकौं समानता भेटिन्छन् । दुवैजना रूढिवादी राष्ट्रवादी नेता हुन् र दुवैले मुसलमान र आप्रवासीहरूविरुद्ध विषवमन गर्ने गरेका छन् । अनि मिडियाले गर्ने आलोचनालाई दुवैले मन पराउँदैनन् ।

यी दुवैले आफ्नो व्यक्तिपूजालाई प्रोत्साहन गर्ने गर्छन् र उनीहरूको लोकप्रियता आफ्नै दलभन्दा पनि बढी छ । केही महिनाअघि भारतको सर्वोच्च अदालतले हिन्दूवादीहरूलाई विजयी बनाउँदै अयोध्याको विवादित भूमिमा राम मन्दिर बनाउने बाटो खोल्यो । अदालतले विवादास्पद नागरिकता संशाधन विधेयकलाई रोक्न समेत अस्वीकार र्गयो । विधेयक पारित भएर ऐन बनिसकेको छ र यसको प्रखर विरोध भइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com