राष्ट्रपति डोनाल्ड ट्रम्प भारत  पुगेर चंर्खा चलाए

संयुक्त राज्यका राष्ट्रपति डोनाल्ड ट्रम्प औपचारिक दुई दिवसीय राज्य भ्रमणमा भारत  आइपुगेका छन् । भारत भ्रमण गर्ने सातौं अमेरिकी राष्ट्रपति ट्रम्प सोमबार दिउसो अहमदाबाद आईपुगेका हुन ।

अहम्वदावादको सावरमति मा रहेको गान्धिको आश्रममा पुगेर चंर्खा चलाएका छन् । उक्त चर्खा भारतिय पूर्व प्रधानमन्त्री तथा महात्मा गान्धिले भारतलाई विट्रिसको उपनिवेशबाट मुत्त गराउन चालेको आन्दोलन संग सम्वन्धीत रहेको छ ।

अहमदाबादमा राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदी मोटेरा स्टेडियममा ’नमस्ते ट्रम्प’ शीर्षकको एक कार्यक्रममा १,००,००० भन्दा बढी व्यक्तिको विशाल सभालई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

“नमस्ते, ट्रम्प“ “हाउडी, मोदी“ को कार्यक्रम तय भएको छ । उक्त कार्यक्रममा “भारतको समृद्ध र विविध संस्कृतिको प्रदर्शन गरिने विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले जानकारी दिएका छन् । प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपतिलाई स्वागत गर्न एयरपोर्टमा उपस्थित पुगेका थिए । डोनाल्ड ट्रम्पसग पहिलो महिला( फस्ट लेडी) मेलानिया ट्रम्प र १२ राष्ट्रिय प्रतिनिधिमण्डल भारत आएको छ ।

Loading...

जसमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायन, वाणिज्य सचिव विल्बर रोस र ऊर्जा सचिव डान ब्रउलेट सहभागि रहेका छन् ।

अमेरिकी राष्ट्रपति र पहिलो महिलाले आग्रामा केहि वेरका लागि अवलोकन गर्ने भारतिय संचार माध्यमले जनाएका छन् । उहिहरुले ताजमहलको भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ ।

Loading...

भोेलि बिहान अमेरिकी राष्ट्रपतिले प्रोटोकल अनुसार राष्ट्रपति भवनमा पहिलो पटक औपचारिक स्वागत गर्नेछन् ।

त्यहाबाट उनी महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जलि दिन राजघाट जानेछन् । यसपछि दुवै राष्ट्रिय राजधानीको हैदराबाद हाउसमा ट्रम्प र मोदी बीच प्रतिनिधिमण्डल –स्तर वार्ता हुन कार्यक्रम रहेको छ ।

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com