यम बरालको ‘मेरो बदनाम’ बोलको गीतकाे म्युजिक भिडियो सार्वजनिक 


प्रकाशित मिति : चैत्र १०, २०७३ बिहीबार

संयुक्त राज्य अमेरिकामा व्यवसाय गर्दै आएका अमेरिका–नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय साहित्य समाज का बोर्ड अफ ट्रष्टी गीतकार राम लामा ‘अविनाशी’ द्वारा रचना गरिएको ‘मेरो बदनाम’ बोलको गीतकाे म्युजिक भिडियो सार्वजनिक भएकाे छ।
चर्चित गायक यम बरालको स्वर तथा सङ्गीत रहेको उक्त गीतमा आपसी सम्बन्धमा शङ्काका कारण आत्मीयतामा कसरी दरार आउँछ भन्ने विषयमा केन्द्रित छ। भिडियोसहित बजारमा आएको गीतमा राजेन्द्र चापागाईं, सिरू बिष्ट र प्रीति मोक्तानले अभिनय गरेका छन, छायॉकन मा शिब पंगेनी(नेपाल) र शंकर राज वाग्ले(अमेरीका) रहेका छन l
त्यस्तै सम्पादन भुपेन्द्र अधिकारी को रहेको छ भने कलर समायोजन रेनिश फागोको रहेको छ साथै दीपेश दाहाल को निर्देशन मा तैयार भएको म्यूजिक भिडीयो हालै मात्र सार्वजनिक भएको हो l
गीतकार लामाका करिब एक दर्जन गीत तथा दुई दर्जन कविता रचना सार्वजनिक भइसकेका छन्। रेड कलर स्टुडियो पानीपोखरीको प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त गीतको युट्युब प्रवर्द्धन द स्काइज मुभिजले गरेको सञ्चारकर्मी प्रदीप चापागाईंले जानकारी दिएका छन्।
गितको भिडियो हेर्न यहाँ ? क्लिक गर्नू होला
https://youtu.be/r1sgNjEBpu4

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com