अमेरिकी विदेशमन्त्रालयबाट पब्लिक चार्ज प्रश्नावली प्रकाशित, भिसा आवेदकले अनिवार्य भर्नुपर्ने


प्रकाशित मिति : फाल्गुन ११, २०७६ आईतबार

अमेरिकी विदेशमन्त्रालयले अमेरिकामा सरकारी सुविधा लिने सम्भावना हुनेहरुलाई अमेरिकी भिसा अस्वीकार गर्न सकिने प्रावधान सहितको पब्लिक चार्ज प्रश्नावली प्रकाशित गरेको छ । डीएस ५५४० नामको यो फर्म हरेक आप्रवासी भिसा आवेदकहरुले अनिवार्य भर्नुपर्नेछ भने कतिपय गैरआप्रवासी भिसा आवेदकलाई समेत अमेरिकी दूतावासले यो फर्म भर्न लगाउनसक्नेछ ।

अमेरिका आएर सरकारी सुविधा लिने सम्भावना भए नभएको जाँच्न आगामी फरबरी २४ पछि अमेरिकी दूतावासमा भिसा आवेदनका साथमा यो फर्म भरेर बुझाउनुपर्ने भएको छ । अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीले सोमबारदेखि पब्लिक चार्जसम्बन्धि नियम लागु गर्न लागेकोमा त्यही मितिबाट विदेशमन्त्रालयले यो नियम लागु गर्न खोजेको हो ।

अमेरिकी भिसा प्राप्त व्यक्तिलाई अमेरिका प्रवेश गर्ने क्रममा पोर्ट अफ इन्ट्रीमा बाधा उत्पन्न नहोस् भन्ने उद्देश्यले विदेश मन्त्रालयले एकैपटक यो नियम कार्यान्वयनमा ल्याउन खोजेको हो । अन्यथा अमेरिकी भिसा प्राप्त गरेर पोर्ट अफ इन्ट्रीमा आइसकेको व्यक्तिलाई सरकारी सुविधा लिने सम्भावना भएको आधारमा फर्काउन सकिने खतरा रहनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो फर्म डीएस ५५४० अनलाइनमा उपलब्ध भइसकेको छ । अमेरिकामा आउनका लागि आप्रवासी भिसा आवेदन दिने व्यक्तिले डाउनलोड गरेर फर्म भर्नुपर्नेछ । फर्म भरिसकेपछि अरु कागजातका साथमा सिस्टममा अपलोड गर्नुपर्नेछ । गैरआप्रवासी भिसा आवेदकहरुलाई जसलाई यो फर्म भर्न आवश्यक छ, उसले इमेलमार्फत वा हार्डकपी दूतावासमा पठाउनुपर्नेछ ।

यो फर्म विभिन्न ९ भागमा रहेको छ भने १८ प्रकारका प्रश्नावलीहरु रहेका छन् । स्वास्थ्यविमा भए नभएको, अमेरिका प्रवेशको ३० दिनभित्र स्वास्थ्य विमा लिने नलिने, अमेरिकामा हुने सम्भावित परिवारको आकार, आवेदकको सम्पत्ति विवरण, आम्दानी विवरण, बार्षिक खर्च विवरण फर्ममा उल्लेख गर्नुपर्नेछ ।

त्यस्तै अमेरिकामा गएपछि रोजगार दिनेको विवरण, अमेरिका गएपछि गर्ने बार्षिक कमाई, अमेरिकामा गइसकेपछिपनि घरभाडा, स्टक, विदेशी पेन्सन लगायत निरन्तर प्राप्त गर्ने आम्दानीको विवरण, बैंकखातामा भएको रकम, घरजग्गाको विवरण, तिर्नुपर्ने ऋणको विवरण, परिवारका कुनै सदस्यले अमेरिकी सरकारी सुविधा लिएको भएमा त्यसको विवरण, अमेरिकामा गइसकेपछि सरकारी सुविधा लिने सम्भावना भए नभएकोबारे घोषणा पनि फर्ममा उल्लेख गर्नुपर्नेछ ।

त्यस्तै हाइस्कुल वा हाइस्कुलभन्दा माथिको शिक्षा भए नभएको विवरण, कुनै पेशागत दक्षता भए नभएको विवरण पनि फर्ममा भर्नुपर्नेछ ।

फर्मको पूर्ण पाठ यहाँ हेर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com