देशलाई तोड्न र जोड्न चाहने शक्तिहरुबीच संघर्ष चलिरहेको छः संयोजक भट्टराई


प्रकाशित मिति : चैत्र ९, २०७३ बुधबार

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अहिले देशलाई तोड्न चाहने र जोड्न चाहने शक्तिहरुबीच संघर्ष चलिरहेको बताएका छन् । उनले देश जोड्नका लागि सबैलाई समान व्यवहार गरेर सबै जातजाति भाषाभाषीलाई बराबर अधिकार दिनुपर्ने बताए । सिरहाको लाहानमा नयाँ शक्ति पार्टी, नेपालले सुरु गरेको हिमाल, पहाड, तराई मधेश राष्ट्रिय अभियानको बुधबार उद्घाटन गर्दै उनले इतिहासदेखि नै देशको निर्माण र रक्षामा मधेसी समुदायहरु नै खटिएको बताए । ‘मधेसी समुदायले विखण्डन होइन बरु देशको कार्यकारी प्रमुख बन्ने लक्ष्य राख्नुपर्छ’ उनले भने ।

डा. भट्टराईले संघीयतको मुद्दा टुंगोमा पुर्याएर मात्र चुनाव गर्नुपर्ने बताए । उनले नयाँ शक्ति निष्पक्ष र धाँधरीरहित चुनावको पक्षमा रहेको र चुनावका लागि ६ वटा पूर्वशर्त अगाडि सारेको समेत बताए । ‘अहिले निर्वाचन पहिले कि संशोधन पहिले भन्ने कुरामा विवाद भइरहेको छ, गाडा अघि बढ्नको लागि सहि अर्थमा गोरु अगाडि र गाडा पछाडि हुनुपर्छ’ उनले भने,‘संघीयताको मुद्धा टुंग्याएर संविधान संशोधन गर्ने र त्यसपछि चुनाव गर्नुपर्छ । यो नै उपयुक्त र सुल्टो बाटो हो ।’

सरकारले संघीयताको मुद्धा र संविधान संशोधनको विषयलाई थाती राखेर उक्त मुद्धालाई विषयान्तर गर्न खोजेको उनले आरोप लगाए । उनले प्रश्न गर्दै भने,‘नयाँ शक्ति पार्टीको स्पष्ट अडान के हो भने संविधानले कल्पना गरेको संघीय संरचना, प्रदेश, स्थानीय तह, स्वायत्त क्षेत्र, विशेषाधिकार क्षेत्रको सीमांकन भएकै छैन, प्रदेशको सीमांकन हल भएकै छैन, यस्तो अवस्थामा चुनाव पहिले गर्छु भन्नु कसरी सुल्टो बाटो हुन्छ ?’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रमलाई पार्टीका सहसंयोजक रामचन्द्र झाले निर्वाचनको लागि उपयुक्त वातावरण नबनेकाले सरकारले पहिले निर्वाचनको वातावरण निर्माण गर्नुपर्ने जिकिर गरे । पञ्चायतकालमा र राजाको प्रत्यक्ष शासन कालमा पनि चुनाव भएको प्रसंग उल्लेख गर्दै सबैलाई नसमेटिने चुनावले समस्या समाधान गर्न नसक्ने बताए । पार्टीको संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले देशलाई विखण्डन गर्ने कुत्सित चाहना राख्नेहरुलाई खबरदारी गर्न आफूहरु मधेस झरेको बताए । उनले नेपालमा आएको संघीयता र समावेशीताका मुद्दाहरु मधेसको योगदान भएकोले यसलाई कसैले खोस्न नसक्ने तर्क गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com