अध्यक्ष पुष्पकमलले डोला बोक्दा हेलिकप्टरबाट पुष्पवर्षा


प्रकाशित मिति : फाल्गुन ११, २०७६ आईतबार

मैथिल बाहुल्य क्षेत्र धनुषामा हिन्दीमा भाषण गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिथिला क्षेत्रको डोलालाई काँधमा उठाउनुभएको छ ।

मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट भजन, किर्तनसहित डोला निकालिँदा प्रचण्डले केही दुरीसम्म डोलालाई बोक्नुभएको हो ।

उहांले मिथिला मध्यपरिक्रमामा निकालिने डोला संस्कृतिको प्रशंसा समेत गर्नुभयो । त्यसअघि आयोजित औपचारिक कार्यक्रमलाई अध्यक्ष प्रचण्डले हिन्दी भाषामा सम्बोधन गर्नुभयो ।

उहांले नेपालीसहित भारतीय हिन्दु धर्माम्बलीले निकाल्ने मध्यपरिक्रमाको ठूलो महत्व रहेको बताउनुभयो । उहांले मिथिला बिहारी मन्दिरमा धर्मशाला निर्माणमा सहयोग गर्ने बचनसमेत दिनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफू प्रधानमन्त्री हुँदा मिथिला मध्यपरिक्रमालाई केही सहयोग गर्ने अवसर मिलेको बताउँदै उहांले अब मिथिला बिहारी परिषद् गठनको पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । डोला निकाल्ने क्रममा प्रचण्ड आएको मनाङ्ग एयरको हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com