Follow @khasokhasmag

१२ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन


प्रकाशित मिति : चैत्र ९, २०७३ बुधबार

व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले १२ देशका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइपछि आज अनुमोदन गरेको छ । सरकारले लक्की शेर्पा (अस्ट्रेलिया), निरञ्जनकुमार थापा (इजरायल), शर्मिला पराजुली (ओमान), रमेशप्रसाद कोइराला (कतार), अर्जनुजङ्गबहादुर सिंह (गणतन्त्र कोरिया), प्रतिभा राणा (जापान), युवनाथ लम्साल (डेनमार्क), चोपलाल भुसाल (बङ्गलादेश), पदम सुन्दास (बहराइन), भीमकृष्ण उदास (म्यान्मा), विश्वम्भर प्याकुरेल (श्रीलङ्का) र महेन्द्रप्रसादसिंह राजपुत (साउदी अरेबिया)लाई राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

संसदीय सुनुवाइपछि उनीहरूको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सदस्य एवम् नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ठकालले जानकारी दिए । समितिले तीन दिन लगाएर प्रस्तावित राजदूतहरूको सुनुवाइ गरेको थियो ।

सुनुवाइका क्रममा उनीहरूले आ–आफ्नो अवधारणा र सोच प्रस्तुत गर्दै मुलुकको हित र आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com