एमसीसी कार्यदलले ओली–प्रचण्डलाई बुझायो प्रतिवेदन : यस्तो छ सुझाव


प्रकाशित मिति : फाल्गुन ९, २०७६ शुक्रबार

सत्तारुढ नेपाल कम्यनिष्ट पार्टी नेकपा को केन्द्रीय कमिटीले गठन गरेको अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । सत्तारुढ नेपाल कम्यनिष्ट पार्टी नेकपा को केन्द्रीय कमिटीले गठन गरेको एमसीसी अध्ययन कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका संयोजक झलनाथ खनालले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डलाई प्रतिवेदन बुझाउनु भएको हो ।

कार्यदलले सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा केही बिषयमा प्रष्ट हुनुपर्ने आवश्यकता औल्याएको छ । कार्यदललाई १० दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको थियो । तर, कार्यदलले तोकिएको समयमा प्रतिवेदन बुझाउन नसकेपछि थप १० दिनको समय पाएको थियो ।

नेकपा केन्द्रीय कमिटीको गत माघ १५ देखि १९ गतेसम्म बसेको बैठकले वरिष्ठ नेता खनाल संयोजकत्वमा परराष्ट्रमन्त्रीसमेत रहनुभएका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली र अर्का स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहनुभएको कार्यदल बनाएको थियो ।खनाल कार्यदलले एमसीसी अस्वीकार गर्नुपर्ने सुझाव भने दिएको छैन । कार्यदलले प्रतिवेदन बुझाएपछि अब एमसीसीका सम्बन्धमा नेकपाले थप निर्णय गर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com