नेपाली भाषा समेतको भिडियो सार्वजनिक गर्दै न्युयोर्कको मेयर अफिसले मनायो मातृभाषा दिवस


प्रकाशित मिति : फाल्गुन ९, २०७६ शुक्रबार

न्युयोर्क सिटीको मेयर अफिसले नेपाली भाषा समेतको भिडियो सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाएको छ । ३१ च्याम्बर स्ट्रटी सरोगेट कोर्टहाउसमा कार्यक्रमको आयोजना गरिएको थियो ।

मेयरको आप्रवासी मामिलाहरूको कार्यालय, मानव अधिकार सम्बन्धी सिटी आयोग, उपभोक्ता र कामदार संरक्षण विभाग र लोपोन्मुख भाषा गठबन्धनले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपालीसहितको १५ भाषामा रहेको भिडियो समेत सार्वजनिक गरिएको छ ।

न्यु योर्क शहर देशको सबैभन्दा विविध शहर हो । यसको भाषिक विविधता विश्वका अन्य कुनै शहरसँग पनि मिल्दैन । किनभने न्युयोर्कका ५ वटा बोरोहरुमा २०० भन्दा बढी भाषाहरू बोलिन्छ

मेयर अफिसले सबै न्युयोर्कबासीहरुलाई उनीहरूको मातृभाषामा गर्व गर्न समेत प्रोत्साहन गरेको छ । यहाँ रहेका धेरै भाषाहरू अँगालेमा मात्र समृद्धि र सामर्थ्यको पहिचान हुने भन्दै भाषाको प्रवद्र्धन गरिएको हो ।

न्युयोर्कमामात्र एकलाख भन्दा धेरै नेपालीभाषीहरु रहेको अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com