सिमांकन बाहेकको संशोधन प्रस्तावमा एमालेले समर्थन गर्ने : रघुवीर महासेठ


प्रकाशित मिति : चैत्र ९, २०७३ बुधबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले मधेशी मोर्चाले चुनावमा भाग लिने प्रतिबद्धता जनाए आफूहरु संविधान संशोधन प्रस्तावमा लचक हुन सक्ने बताएका छन्।

अाज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महासेठले मधेशी मोर्चापनि चुनावमा आउनुपर्ने बताउँदै भने,‘उहाँहरुपनि चुनावमा आउनुपर्छ, भोलि यो पार्टीको कारण हामी चुनावमा जान पाएनौं भनेर पछुताउने काम नहोस्, बेलैमा विचार पुर्याउनुहोस्।’

उनले अघि भने,‘मधेशी मोर्चाले पहिलो संविधान संशोधनमा पनि दुई वटा विषय पारित भए हामी मान्छौं भन्नुभयो, दुईवटा विषय पारित हुँदापनि उहाँहरुले पछि फेरि अर्को बखेडा झिक्नुभयो।’ यद्धपी उनले यसपटक संविधान संशोधन प्रस्तावमा उल्लेख गरिएका चार वटा विषयहरुमध्ये प्रदेशको सिमांकनको बारेमा प्रमुख तीन दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रवीच समान धारणा रहेको स्पष्ट पारे।

साक्षात्कारमा बोल्दै नेता महासेठले मधेशी मोर्चाका नेताहरुले चुनाव नचाहेपनि जनताले चुनाव चाहेको स्पष्ट पारे। उनले भने,‘मधेशी मोर्चाभित्रपनि अनिल झाजीजस्ता थुप्रै नेताहरु चुनावको पक्षमा हुनुहुन्छ, तर के गर्नु उहा त केवल विद्यार्थी मात्रै हो, हेडमास्टरले भनेको कुरा मान्नैपर्यो, नमानेपछि फेरि अप्ठ्यारो पर्छ।’ उनले मधेशी मोर्चाका नेताहरुलाई नितान्त नेपाली भएर नेपालको समस्याबारे सोच्न समेत आग्रह गरे। महासेठले थपे,‘मधेश बिग्रियो भने नेपाल नै बिग्रिन्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फरक प्रसँगमा नेता महासेठले हालै सम्पन्न भएको आफ्नो पार्टीको मेची–महाकाली अभियान अन्र्तगर्त भैरहवामा भएको आमसभामा एमाले शीर्ष नेताहरुले मधेशी जनतालाई चिढ्याउनेगरि भाषण गरेको भनेर माओवादी केन्द्रका नेता दिननाथ शर्माले लगाएको आरोपको खण्डन गर्दै भने,‘भैरहवामा हामीले मधेशी जनताको चित्त दुःखाउने कुरा गरेकै छैनौं, यो वाहियात आरोप हो, मधेश नेपाल हो, मधेशका जनता देशप्रति निकै उत्तरदायी हुनुहुन्छ, तर मधेशी मोर्चाका नेताहरुको बारेमा हामीले बोल्नैपर्ने बाध्यता थियो र हामीले बोलेका हौं।’ उनले मोर्चाका नेताहरुले छिमेकीको सल्लाह लिएर चलेको आरोप समेत लगाए।

उनले विदेशीले नेपालको आत्मसम्मानमा चोट पुर्याउने काम गरेको उल्लेख गर्दै भने,‘नाँगो हस्तक्षेप हामी सहन सक्दैनौं, हामीले त बरु मधेशी जनताको हृदय जितेका छौं, यो कुरा उहाँहरुलाई गएर सोच्नुहोस् त ।’

उनले मोर्चाका नेताहरु भारतीय नेताहरुबाट निर्देशित भएको समेत आरोप लगाए। उनले मोर्चाका नेताहरुप्रति टिप्पणी गर्दै भने,‘आन्दोलन गर्ने हो भने नेपालमा गर्नुहोस्, प्रतिष्पर्धा गर्नुहोस, हामी यहाँ आफ्ना कुरा राखेर जनतामा जाऔं न, किन दिल्ली, युपी र विहारमा गएर क्लास लिनुहुन्छ ?’

फरक प्रसँगमा उनले युपीको नयाँ मुख्यमन्त्रीमा हिन्दुवादी नेता नियुक्त भएको विषयलाई लिएर केहीले नेपालमा अब परिवर्तन आउँदैछ भनेर अफवाह फैलाएको आरोप लगाए। उनले भने,‘केही हुनेवाला छैन, मोदी पनि आएकै हुन नि, नेपालमा केही हुनेवाला छैन।’

उनले आईजीपी विवादमा सर्वोच्च अदालतले दिएको अन्तिम फैसलाप्रति अहिले नै आफूहरुले कुनै टिप्पणी नगर्ने स्पष्ट पारे। उनले भने,‘न्यायपालिका स्वतन्त्र छ, कार्यपालिका पनि संविधान अन्र्तगर्त नै हो, अब सरकारले यसबारेमा कस्तो निर्णय लिन्छ अनि त्यसपछिमात्रै हामी यसबारेमा बोल्छौं।’

यद्धपी उनले सरकारले गरेको निर्णयमा न्यायापालिकाले र न्यायापालिकाले गरेको निर्णयमा कार्यपालिकाले एकले अर्कोलाई हस्तक्षेप गर्न नमिल्ने बताए। महासेठले दुवै निकायले आफ्नो क्षेत्राधिकारभित्रै रहेर कार्यसम्पादन गर्नुपर्ने बताउँदै अदालतको निर्णयलाई आफूले सम्मान गर्ने स्पष्ट पारे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com