सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिए
प्रकाशित मिति : फाल्गुन ८, २०७६ बिहीबार

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा यस्तो जानकारी दिएका हुन् ।
नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा जानकारी गराएका हुन् । उनले भने, ‘मन्त्रीज्युले सम्बन्धित निकायमा राजीनामा बुझाएको अनौपचारिक जानकारी मसँग आएको छ ।’