मानवअधिकार उलंघन र ज्यादतीका घटनामा वृद्धि: इन्सेक


प्रकाशित मिति : फाल्गुन ८, २०७६ बिहीबार

नेपालमा मानवअधिकार उलंघन र ज्यादतीका घटनाहरुमा वृद्धि भइरहेको एक तथ्याङ्कले देखाएको छ । अनौपचारिक सेवा केन्द्र(इन्सेक) ले सार्वजनिक गरेको प्रतिवेदनले सन् २०१८ भन्दा सन् २०१९ मा मानवअधिकार उलंघन र ज्याजतीका घटनाहरु बढेको देखिएको हो ।

सन् २०१८ मा ५ हजार १ सय १० जना पीडित भएकोमा सन् २०१९ मा यो संख्या १ हजार ५ सय ३२ ले बढेर ६ हजार ६ सय ४२ पुगेको छ । मानव अधिकार उलंघनका घटनामा ६८ महिला र ८ सय ६२ पुरुष गरी ९ सय ३० जना पीडित रहेका छन् भने ५ हजार ५८ महिला र ६ सय ५४ पुरुष गरी ५ हजार ७ सय १२ ज्यादतीका घटनाबाट पीडित भएको इन्सेकले जनाएको छ ।

नेपाल मानव अधिकार पुस्तक अधिकार वर्ष पुस्तकको विमोचन कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले यस वर्ष गोली लागेर भोजपुरमा २, सप्तरीमा १, सर्लाहीमा २, रुपन्देहीमा १ र कपिलवस्तुमा १ गरी सात जनाको मृत्यु भएको बताए ।

यातनाका घटनाबाट १३ जना पीडित भएका छन् । गिरफ्तारीका घटनामा ७ सय २, जातीय विभेदका घटनामा ६२, अमानवीय व्यवहारका घटनामा ४०, भेला तथा संगठित हुने अधिकारमा ९८ र धम्कीका घटनामा ३५ जना पीडित भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै कुटपिटका घटनामा २ सय ७९ जना पीडित भएको इन्सेकले जनाएको छ । त्यसैगरी ८ जना विस्थापनका घटना र २ जना बेपत्ता पारिएको घटनामा पीडित भएका छन् ।

सन् २०१९ मा महिलामाथि हुने हिंसाका घटनामा ३ हजार ३ सय ६३ जना पीडित भएका छन् । घरेलु हिंसामा २ हजार ७९ र बलात्कार घटनाबाट ५ सय ३० जना पीडित भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com