आरोप प्रमाणित भए सजाय भोग्न तयार छु : मन्त्री बाँस्कोटा


प्रकाशित मिति : फाल्गुन ८, २०७६ बिहीबार

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रेस खरिदको बिषयमा सार्वजनिक भएको अडियो रेकर्डबारे पहिलो प्रतिक्रिया दिनुभएको छ । कञ्चनपुरमा रहनुभएका मन्त्री बास्कोटाले आज बिहान बेलडाँडी गाउँपालिकाले गरेको चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै आफूले गल्ती गरेको भए सजाय भोग्न तयार रहेको बताउनुभयो । यस बिषयमा विस्तृतमा काठमाडौं पुगेर जानकारी दिन उहाँको भनाई छ ।

व्यक्तिमाथि आरोप लाग्दा त्यसको असर स्वयम व्यक्तिलाई पर्ने भन्दै उहाँले जसले गल्ती गरेको हो, सोही व्यक्ति जाने भएकाले पार्टी त्यसमा दोषी नहुने बताउनु भयो ।

बामपन्थी सरकारलाई बदनाम गराउन चौबिसै घण्टा लाग्नेहरु रहेको भन्दै उनले अडियो प्रकरण पनि त्यसकै निरन्तरता भएको बताउनु भयो । मन्त्री बास्कोटा आज बेलौरी र पुनर्वासको कार्यक्रम सकेर काठमाडौं फर्कने कार्यक्रम रहेको छ । उहाँले आजै हुने नियमित पत्रकार सम्मेलनमा यस बिषयमा जानकारी दिने बताउनु भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com