तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ ? तपाईले पब्लिक चार्जबारे जान्नुपर्ने ५ कुरा


प्रकाशित मिति : फाल्गुन ६, २०७६ मंगलबार

सरकारी सुविधा लिनेलाई ग्रिनकार्डमा कडाई गर्ने ट्रम्प प्रशासनको पब्लिक चार्जको नियम फरबरी २४ बाट लागु हुने भएको छ । यो नियम लागु भइसकेपछि अमेरिकामा खाद्य, स्वास्थ्य र आवास लगायतका क्षेत्रमा सरकारी सुविधा खाने सम्भावना हुनेहरुलाई ग्रिनकार्ड र भिसा अस्वीकार गर्न सकिने भएको छ ।

नयाँ नियम अनुशार अमेरिकी सरकारले ग्रिनकार्ड जारी गर्नु अगाडि सरकारी सुविधा खाने सम्भावना भए नभएकोबारे निर्धारण गर्ने भएको छ । आवेदकको उमेर, स्वास्थ्य, आम्दानी, शिक्षा, दक्षता लगायतका विभिन्न अवस्थाको आधारमा सरकारी सुविधा लिने सम्भावना भए नभएको निर्धारण गरिने अमेरिकी सरकारले जनाएको छ ।

यदि तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ भने पब्लिक चार्जको नियमबारे जान्नुपर्ने ५ कुराहरु यसप्रकार छन् : 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१, यदि तपाईसँग पहिले नै ग्रिनकार्ड छ भने यो नियमबाट तपाईलाई खास असर पर्नेछैन । तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ भने सरकारी सुविधा लिन सक्नुहुन्छ ।

२, यदि तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ र सरकारी सुविधा लिनुभएको छ भने तपाईलाई ग्रिनकार्ड नविकरण गर्दा कुनै समस्या पर्नेछैन ।

३, ग्रिनकार्डबाहकलाई सरकारी सुविधा लिएकै आधारमा देशनिकाला गर्न सकिदैन । सरकारका लागि सरकारी सुविधा लिएकै आधारमा ग्रिनकार्डबाहकलाई देशनिकाला गर्न लगभग असम्भव छ ।

४, यदि तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ र तपाईले १८० दिनभन्दा बढी समय अमेरिका बाहिर बस्नुभएको छ भने तपाईका लागि पब्लिक चार्जको नियम लागुहुनसक्छ । ग्रिनकार्डवाहक एकपटकको यात्रामा १८० दिनभन्दा लामो समय अमेरिकाबाहिर बसेको खण्डमा अमेरिका फर्कदा पोर्ट अफ इन्ट्रीमा तपाईलाई पब्लिक चार्ज हुने नहुने अर्थात् सरकारी सुविधा लिने नलिने सम्बन्धमा सोधपुछ गरिन सक्छ । यदि तपाई १८० दिन भन्दा लामोसमयका लागि अमेरिकाबाहिर जाँदै हुनुहुन्छ भने लाइसेन्सप्राप्त कानुन व्यवसायीसँग सल्लाह गर्नुहोला ।

५, यदि तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ भने नागरिकता आवेदनका लागि पब्लिक चार्जको नियमले कुनै असर गर्नेछैन । यद्यपी तपाईलाई अध्यागमन अधिकारीहरुले योग्य नभएको बखत सरकारी सुविधा लिए नलिएकोबारे प्रश्न सोध्न सक्छन् । तपाईले अमेरिकी नागरिकताका लागि आवेदन दिनु अगाडि लाइसेन्स प्राप्त र विश्वासिलो कानुन व्यवसायीसँग तपाईले विगतमा लिएको सरकारी सुविधाको इतिहासबारे पुनरावलोकन गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com