मार्चको भिसा बुलेटिन, नागरिकका भन्दा ग्रिनकार्डवाहकका छोराछोरीको ग्रिनकार्ड छिटो


प्रकाशित मिति : फाल्गुन ६, २०७६ मंगलबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मार्च महिनाका लागि भिसा बुलेटिन जारी गरेको छ । भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका २१ बर्ष उमेर पुगेका अविवाहित छोरछोरीको तुलनामा ग्रिनकार्डवाहकका नागरिकका भन्दा ग्रिनकार्डवाहकका छोराछोरीको ग्रिनकार्ड छिटो हुने भएको छ ।

मार्च महिनाका लागि अमेरिकी नागरिकका २१ बर्ष उमेर पुगेका अविवाहित छोरछोरीको ग्रिनकार्डको अन्तिम एक्सन मिति ८ अक्टोबर २०१३ रहेको छ । अर्थात् त्यो मितिभन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले मार्च महिनामा ग्रिनकार्ड पाउनेछन् ।

तर ग्रिनकार्डवाहकका २१ बर्ष उमेर पुगेका अविवाहित छोरछोरीको ग्रिनकार्डको अन्तिम एक्सन मिति १५ सेप्टेम्बर २०१४ रहेको छ । अर्थात् त्यो मितिभन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले मार्च महिनामा ग्रिनकार्ड पाउनेछन् । जुन नागरिकका छोराछोरीको तुलनामा झण्डै १ बर्ष छिटो रहेको छ ।

अमेरिकामा नै रहेका अमेरिकी नागरिकका २१ बर्ष पुगेका अविवाहित छोराछोरीहरुले मार्चमा स्टाटस एड्जस्त गर्न चाहेको खण्डमा उनीहरुको प्राथमिकता मिति ८ जुन २०१४ भन्दा अगाडि हुनुपर्नेछ । उक्त मितिभन्दा अगाडि प्राथमिकता मिति भएका, अमेरिकामा नै रहेकाहरुले ग्रिनकार्डका लागि मार्चमा आई ४८५ आवेदन दिनसक्नेछन् । तर आई ४८५ फाइल गर्ने मितिसम्म उनीहरुको अमेरिकामा गैरकानुनी उपस्थीति भएको हुनुहुँदैन ।

अमेरिकामा नै रहेका ग्रिनकार्डवाहकका नागरिकका २१ बर्ष पुगेका अविवाहित छोराछोरीहरुले मार्चमा स्टाटस एड्जस्त गर्न चाहेको खण्डमा उनीहरुको प्राथमिकता मिति १५ मे २०१५ भन्दा अगाडि हुनुपर्नेछ । उक्त मितिभन्दा अगाडि प्राथमिकता मिति भएका, अमेरिकामा नै रहेकाहरुले ग्रिनकार्डका लागि मार्चमा आई ४८५ आवेदन दिनसक्नेछन् । तर आई ४८५ फाइल गर्ने मितिसम्म उनीहरुको अमेरिकामा गैरकानुनी उपस्थीति भएको हुनुहुँदैन ।

यसरी हेर्दा अमेरिकामा रहेका अमेरिकी नागरिकका २१ बर्ष पुगेका अविवाहित छोराछोरीहरुको तुलनामा ग्रिनकार्डवाहकका २१ बर्ष पुगेका अविवाहित छोराछोरीहरुको आई ४८५ फाइल गर्ने मिति पनि झण्डै एबर्ष छिटो रहेको छ ।

अमेरिकी नागरिकका विवाहित छोराछोरीको सन्दर्भमा भने १५ डिसेम्बर २००७ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले मार्चमा ग्रिनकार्ड वा भिसा प्राप्त गर्नसक्नेछन् । अमेरिकामा नै रहेका अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुले १५ अगस्त २००८ भन्दा अगाडि प्राथमिकता मिति भएको खण्डमा मार्चमा स्टाटस एड्जस्टका लागि आई ४८५ आवेदन दिन सक्नेछन् ।

यसरी ग्रिनकार्ड प्राप्त गर्न अमेरिकी नागरिकका २१ बर्ष पुगेका अविवाहित छोराछोरीहरुलाई झण्डै साढे ६ बर्ष, ग्रिनकार्डवाहकका २१ बर्ष पुगेका अविवाहित छोराछोरीहरुलाई झण्डै साढे ५ बर्ष, अमेरिकी नागरिकका विवाहित छोराछोरीलाई झण्डै साढे १२ बर्ष लाग्ने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com