तीन लाखमै चिटिक्कका घर !


प्रकाशित मिति : चैत्र ९, २०७३ बुधबार

काठमाडौं-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रतिरोधी घरको ६ वटा नयाँ डिजाइन तयार गरेको छ। भूकम्प प्रभावित जिल्लाका ग्रामीण भेगलाई लक्षित गरी प्राधिकरणले न्यून लागतमा निर्माण गर्न सकिने घरको ६ वटा डिजाइन तयार गरेको हो।

नयाँ डिजाइनअनुसार कम्तीमा दुई लाख ९२ हजार रुपैयाँ लागतमा दुईकोठे भवन निर्माण गर्न सकिने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । ‘कम लागतमा बनाउन सकिने घरको ६ वटा नयाँ डिजाइन मंगलबार प्राधिकरण कार्यकारी समिति बैठकले स्वीकृत गरेको छ,’ भुसालले भने, ‘कार्यकारी सदस्य डा. हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले प्रमाणीकरण गरेपछि यो लागू हुनेछ।’

नयाँ डिजाइनअनुसार ढुंगाको जोडाइ र माटोको गारोका एकतले घर र ढुंगाको गारोमा माटोको जोडाइ तथा सिमेन्टको समेत जोडाइमा भूकम्पप्रतिरोधी घर बनाउन सकिने प्राधिकरणले जनाएको छ। ‘भूकम्पपीडितले विभिन्न विकल्पमध्ये आफूलाई मन पर्ने डिजाइनमा नयाँ घर बनाउन सक्नेछन् । यसबाट निजी आवास पुनर्निर्माणले तीव्रता पाउने प्राधिकरणको विश्वास छ’, प्रवक्ता भुसालले भने ।

प्राधिकरणले यसअघि १७ वटा नमुना डिजाइन भूकम्पपीडितलाई उपलब्ध गराएको थियो । ती डिजाइनमा घर बनाउँदा बढी खर्चिलो र प्राविधिक समस्या पनि परेको गुनासो पीडितले गर्दै आएका छन् । डिजाइनलगायत समस्याका कारण पहिलो किस्ता लिएका अधिकांश लाभग्राहीले घर बनाउनसमेत सुरु गरेका छैनन् । यसअघि उपलब्ध गराइएका डिजाइनमा घर बनाउन नसकेका पीडितलाई नयाँ निर्णयबाट राहत पुग्ने प्राधिकरणको विश्वास छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

प्राधिकरणले जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि  आवश्यक जग्गा/घडेरी व्यवस्थापन गर्नेबारे गृहकार्य गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने निर्णय पनि गरेको छ । प्राधिकरणले यसअघि जोखिमयुक्त बस्तीबाट अन्यत्र बसाइँ सर्न चाहने प्रभावितलाई जग्गा किन्न दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराउन मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

बैठकले काठमाडौं उपत्यकाका सम्पदा पुनर्निर्माणमा स्थानीय समुदायको चासोलाई सम्बोधन गरी प्रक्रिया अघि बढाउन सम्पदा पुनर्निर्माण उपसमितिलाई निर्देशन दिएको छ। नागरिक दैनिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com