अमेरिकन आइडलमा चम्किदै नेपाली युवा दिवेश पोखरेल, अर्को राउण्डमा प्रवेश


प्रकाशित मिति : फाल्गुन ४, २०७६ आईतबार

चर्चित गायन प्रतियोगिता अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेलले प्रवेश पाएका छन् । काठमाडौंमा जन्मिएका दिवेशको स्टेज नाम आर्थर गन रहेको छ ।

हाल अमेरिकाको कन्सास राज्यको विचिटामा बस्दै आएका उनी अमेरिकन आइडलको स्टेजमा नमस्तेको अभिवादनका साथ प्रवेश गरेका थिए । उनले सुरुमा बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री गाएका थिए ।

अमेरिकन आइडलको टप २० मा छानिए नेपाली युवा दिवेश पोखरेल

अमेरिकन आइडलका निर्णयक समक्ष दिवेश

उनको पहिलो गीत सुनेर उत्साहित भएका निर्णयक मण्डलले ताली बजाउँदै उनको प्रशंसा गरेका थिए । त्यसपछि उनलाई निर्णयक मण्डलका सदस्यहरुले अर्को गीत गाउन लगाएका थिए ।

दिवेशको अमेरिकन आइडलमा प्रस्तुतीको भिडियो

अर्को गीत गाएपछि निर्णयक मण्डलका सदस्यहरुले उनको प्रशंसामात्र गरेनन् । उनलाई स्टेजमा नै पुगेर अंगालो समेत हाले । उनले अब अमेरिकन आइडलको अर्को राउण्डमा समेत प्रवेश पाएका छन् ।

दिवेशलाई अँगालो हाल्दै अमेरिकन आइडलका निर्णयक

पोखरेल काठमाडौंमा जन्मे, हुर्केका थिए । काठमाडौमा नै हाइस्कुलसम्मको अध्ययन गरेका उनी ५ बर्ष अगाडि अमेरिका आएका थिए । आफूलाई बच्चैदेखि संगीत मन पर्ने र आमाबाट पहिलो गितार उपहार प्राप्त गरेपछि अझ लगाव बढेको उनले बताएका छन् ।

अमेरिकन आइडलमा आफ्नो प्रस्तुती दिदै दिवेश

उनले केही नेपाली गीत समेत गाएका छन् । उनले पछिल्लोपटक कर्नाली बोलको गीत गाएर युट्युबमा हालेका छन् ।

थप गितहरु उनको युट्युब च्यानलमा सुन्न र हेर्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com