ग्रिनकार्डका लागि १३ हजार तिरेर नक्कली विवाह गरेका श्रेष्ठलाई जरिवाना र जेल


प्रकाशित मिति : फाल्गुन २, २०७६ शुक्रबार

ग्रिनकार्डको लागि १३ हजार डलरमा नक्कली विहे गरेको अभियोगमा अमेरिकामा फन्दामा परेका नेपाली इलोभ श्रेष्ठलाई १ महिनाको जेलसजाय , २ बर्षको प्रोबेशन र ४ हजार डलर जरिवानाको सजाय दिइएको छ ।

उनले गत जुलाईमा आफूले गरेको अपराध अदालतसमक्ष स्वीकार गरेपनि अहिले उनको सजाय सुनाइएको हो । अमेरिकी अदालतमा बयान दिदै २९ बर्षका श्रेष्ठले ग्रिनकार्डको लोभमा एक महिलालाई मोटो रकम तिरेको स्वीकार गरेका थिए ।

उनी अहिले ५ हजार डलर जमानतमा रिहा भएका छन् । तर उनले आगामी फरबरी २६ मा जेलमा हाजिर भएर एकमहिनाको जेल सजाय काट्नुपर्ने भएको छ । एकबर्षको जेलसजाय पूरा भएपछि उनलाई २ बर्षका लागि निगरानीमा छाडिने भएका छन् । श्रेष्ठले अमेरिकामा बस्न र काम गर्न भने पाउने भएका छन् ।

मैनमा रहेको बैंगोरको अदालतमा न्यायाधिस लेन्स वाकरले श्रेष्ठलाई मिहिनेती शिक्षित भएपनि जानजान गैरकानुनी बाटो रोजेको बताएका थिए । श्रेष्ठले न्यायाधिस समक्ष माफी माग्दै क्यालिफोर्नियामा आमाको खोलेको रेष्टुरेण्ट आफू नभए बन्द गर्नुपर्ने भएकाले जेलको साटो प्रोवेशन मागेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

श्रेष्ठ टीपीएसमा रहेका कारण तत्काल अमेरिकाबाट देशनिकालाको सामना भने गर्नु नपर्ने भएको छ । तर भविश्यमा उनले देशनिकालाको सामना गर्नसक्ने जनाइएको छ ।

क्यालिफोर्निया निवासी इलोभ श्रेष्ठले सन् २०१८ मा एकजना महिलालाई १३ हजार डलर तिर्ने गरी विहे गरेको भन्दै अदालतमा मुद्दा चलेको थियो । श्रेष्ठबिरुद्ध मुद्दा दायर गरिएपछि गतबर्षको जनवरीमा उनलाई पक्राउ गरिएको थियो ।श्रेष्ठ ६ महिनाको भिजिटर भिसामा सन् २०१५ मा अमेरिका आएका थिए ।

होमल्याण्ड सेक्युरिटीको अनुसन्धानबाट २८ बर्षकी मरिना मुसेरो नामकी महिलाले विवाहसम्बन्धी वेवसाइटमा रकम तिरेर ग्रिनकार्डका लागि विवाह गर्न चाहने व्यक्ति खोजेको भन्दै विज्ञापन हालेकी थिइन् ।

त्यसपछि श्रेष्ठले उनलाई इमेलमार्फत सम्पर्क गरेको र श्रेष्ठले १३ हजार डलर तिर्ने सहमति भएपछि उनीहरुबीच विवाह भएको थियो । अदालती कागजात अनुशार श्रेष्ठले मुसेरोलाई ३ हजार डलर तिरेका थिए ।

मुसेरोले भने यसअगाडि नै अदालतसमक्ष जालसाजी विवाहको आफ्नो अपराध स्वीकार गरिसकेकी छिन् । उनलाई पनि ५ बर्षको प्रोबेशन तोकिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com