गिरिजाप्रसाद कोइरालाले आफूहरुलाई फौजी आक्रमण बढाइदिन आग्रह गरेको प्रचण्डको दावी


प्रकाशित मिति : फाल्गुन १, २०७६ बिहीबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले समाजवादका लागि फेरि आन्दोलन हुने आफ्नो निश्कर्ष सुनाउनु भएको छ । जनयुद्ध दिवसका अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले समाजवादका लागि अब हुने आन्दोलन शान्तिपूर्ण रहने पनि प्रष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले माओवादी विघटन गरेर नेकपा बनाउनु समाजप्रतिको चिन्ता भएको आफ्नो निश्कर्ष पनि सुनाउनु भयो ।

‘माओवादी विघटन गरेर नेकपा बनाउनु समाजप्रतिको चिन्ताले नै हो, जनवादी क्रान्ति मौलिकतामा भएको हो, अब समाजवादतिर पनि मौलिकतामै अघि बढ्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले अब बुर्जवा पार्टी नेपालमा नचाहिएको उल्लेख गर्दै कम्युनिष्ट नेता बिग्रने पथमा जान नहुने बताउनु भयो । ‘सरकारमा पुगेपछि वैचारिक स्खलन, सांस्कृतिक स्खलन हुने कार्य सोभियत युनियनमा भयो, पुँजीपतिको हातमा पुग्नु कम्युनिष्ट नेता बिग्रनु हो, हामी त्यो पथमा जान हुँदैन, पतन भइरहेका कम्युनिष्ट हुन नपरोस,’ प्रचण्डले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले केही वर्ष पहिलासम्म नेपालमा यति छिटो संविधान घोषणा भइहाल्ला, शत्रुतापूर्ण अवस्थामा रहेका मुख्य पार्टीहरु एकतामा आइहाल्लान् र दुई तिहाई ल्याइ हाल्लान् भनेर कसैले सोच्न नसकेको पनि बताउनु भयो । उहाँले सही विचार लिएकै कारण त्यो सम्भव भएको आफ्नो निश्कर्ष पनि सुनाउनु भयो । तत्कालीन अवस्थामा माओवादीले सुरु गरेको जनयुद्ध सम्भव होला भन्ने कसैले पनि नसोचेको पनि स्मरण गराउनुभयो । ‘यसले संविधान सभा जन्माउला, गणतन्त्र नेपाल स्थापना गराउला भन्ने थिएन,’ उहाँले भन्नुभयो । राज्य र विद्रोही पक्ष फेरि शान्ति सम्झौतामा आउलान, उनीहरुको सहकार्यबाट मुुलुकमा राजतन्त्र अन्त्य होला भन्ने पनि कुनैबेला असम्भवजस्तै लाग्ने विषय रहेको प्रचण्डले बताउनु भयो । तर सही विचार र सही नेतृत्वले गर्दा नै त्यो सम्भव भएको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

उहाँले तत्कालीन एमालेका नेता बामदेव गौतम, युवराज ज्ञवाली लगायतले आफूहरु जनयुद्धमै रहेको समयमा आधार इलाकामै आएर छलफल गरेको र एक प्रकारको समझदारी गरेको भन्दै प्रचण्डले त्यही समझदारीको दायरा फराकिलो हुँदै राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाको आधार तयार भएको बताउनु भयो । उहाँले नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच १२ बुँदे सहमतिको सेरोफेरोमा दैनिक सम्पर्क हुने गरेको र गिरिजाप्रसाद कोइरालाले आफूहरुलाई फौजी आक्रमण बढाइदिन आग्रह गर्ने गरेको खुलासा पनि गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘ठूल्ठूला फौजी आक्रमण गरिदिनुपर्यो भन्नुहुन्थ्यो, यसले नै राजतन्त्र अन्त्य गर्ने वातावरण बन्यो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो । अर्को नेतृत्व र अर्को विचार हुन्थ्यो भने शान्ति प्रक्रियामा आउने कुरा त्यति सजिलो नभएको पनि उहाँले प्रष्ट पार्नुभयो । विचार र नेतृत्वप्रति आन्दोलनमा विश्वास हुँदैन थियो भने आजको परिवर्तन सम्भव नहुने निश्कर्ष पनि उहाँले सुनाउनु भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com