बुद्धमूर्ति अगाडिबाट जनयुद्धका पक्षबारे प्रचण्डको खुलासा- ‘म पूर्णरुपमा इन्गेज भएको दाङ आक्रमण’


प्रकाशित मिति : माघ २९, २०७६ बुधबार

२०५२ साल फागुन १ गते जनयुद्धको घोषणा भयो, त्यसपछिका झण्डै १० बर्ष रक्तपातपूर्ण रहे । प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ भन्ने नारासहित सुरु भएको थियो जनयुद्ध ।

कसरी बनाएका थिए प्रचण्डले जनयुद्धको योजना ? दाङ आक्रमणको प्रचण्डले नै किन रेकी गरे ? प्रचण्डले आज जनयुद्धदेखि शान्ति सम्झौतासम्मका विविध पक्षका खुलासा गर्ने भएका छन् । एबीसी टेलिभिजन उक्त अन्तरवार्ता आज राती ९ बजे प्रशारण गर्ने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एबीसी टेलिभिजनका प्रधानसम्पादक शुभशंकर कँडेलसँगको कुराकानीमा प्रचण्डले जनयुद्धका बेलाका कैयन आन्तरिक कुरा समेत गरेका छन् । उक्त अन्तरवार्ता एबीसी टेलिभिजनको चर्चित कार्यक्रम आउटलुकमा प्रशारण हुनेछ ।

अन्तरवार्तामा प्रचण्ड बुद्धका मूर्तिहरु अगाडि बसेको देख्न सकिन्छ । साथै अन्तरवार्ताकार र प्रचण्डको बीचमा पनि ठूलो बुद्धको तस्वीर राखिएको छ ।

अन्तरवार्तामा प्रचण्डले भनेका छन्  – ‘नेपालमा शशस्त्र संघर्ष गर्न आवश्यक छ । जनयुद्ध गर्न आवश्यक छ । जनयुद्ध बडो सोंचे सम्झेर विचार गरेर नै गरिएको हो ।’

‘मैले आफैले इन्गेज भएको दाङ हो । दाङको ब्यारेकमा पहिलोपटक हमला गर्ने बेलामा म इन्गेज भएको हो । त्यसको योजना बनाउने, शक्ति केन्द्रीत गर्नेसम्म, योजना बनाउनेसम्ममा पूर्णरुपमा म इन्गेज भएको दाङ हो ।’ –  प्रचण्डले अन्तरवार्तामा खुलासा गरेका छन् ।

पहिलो, दोश्रो र तेश्रो वार्ताका रोचक कुराहरु समेत प्रचण्डले अन्तरवार्तामा खुलाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com