चितवनको रोयल फर्निचर उद्योगमा आगलागी


प्रकाशित मिति : माघ २५, २०७६ शनिबार

भरतपुर महानगरपालिका–५ नारायणपुरमा जीवन श्रेष्ठले सञ्चालन गरेका रोयल फर्निचर उद्योगमा आगलागी भएको छ । आज बिहान करिब ४:३० बजे विद्युत् चुहावट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

बिहानदेखि लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको उनले जानकारी दिए । आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसँगै भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, दियालो बङ्गला आँपटारी र कावासोतीको गरी पाँच वटा दमकलले काम गरिरहेको कोइरालाले जानकारी दिए ।

आगो नियन्त्रणमा आउन नसकेकाले क्षतिको विवरण आउन नसकेको उनले बताए । -रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com