बोस्टनमा धुर्मुस -सुन्तली अभियानको लागि १३ लाख सङ्कलन


प्रकाशित मिति : चैत्र ८, २०७३ मंगलबार

 

विजय थापा ,वाशिंगटन डीसी

बर्दिबासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि गत मार्च १९ मा बोस्टनमा भएको “धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रम “ बाट १३ लाख नेपाली रुपैया सङ्कलन भएको छ lअमेरिकाको बोस्टनमा बसोवास गर्दै आएका समाज सेवी समूहले आयोजना गरेको कार्यक्रममा हिमपात हुने सम्भावना रहेता पनि हिम्मतको साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन् l र एकै बसाईमा स्व:स्फ्रुत रुपमा नेपाली समुदाय भेला भएर असल कारणको लागि आफुले सक्ने आर्थिक सहयोग गरेका छन् l

कार्यक्रमको प्रचार प्रसार संचार माध्यममा प्रकाशमा आए पछि न्युयोर्क ,भर्जिनिया ,कनेक्टिकट ,बोस्टन तथा अन्य राज्यहरुबाट समेत आर्थिक सहयोग भएको समूहका सदस्य शिव प्रकाशले बताए l असल कामको लागि बोस्टन बासीहरु पछि नहट्ने ,सदैव सहयोग र समर्थन गर्ने उत्साह लाई कायम गर्दै उदाहरण बनेका छन् l सामाजिक संघ/संस्था बिना नै सामुहिक प्रयास र हातेमालो गर्दै बोस्टन बासीले धुर्मुस -सुन्तली अभियानको लागि त्यति रकम उठाएका हुन् l संघ संस्था बिना नै कार्यक्रम गर्न सकिने उदाहरण बोस्टन बासीले प्रमाणित गरेर देखाई दिएका छन् l

कार्यक्रममा शिव प्रकाशले बिशेष प्रस्तुति गर्दै अमेरिकामा बसेर पनि हामी नेपालका भ्रष्ट नेताको खराउ पूजा किन गरि रहेका छौ ? अमेरिकामा पनि खराउ पूजा ? नेतृत्व वर्ग अमेरिकाको भ्रमणमा आउदा अमेरिकामा देखिएको र भोगिएको वास्तविकतालाई प्रस्तुत गरेका थिए l उनले यस्ता कुरामा अल्झिनुको सट्टा समाजको असल काम गर्न तर्फ हाम्रो ध्यान जान सकोस भन्ने मूल आसय रहनुको साथै नेताको पछाडी दौडनु अनुचित हुने रहेको थियो l

मानवता र सद्भाव लागि सहकार्य राष्ट्र निर्माण तपाई हाम्रो अभियान भन्ने नारा रहेको कार्यक्रमलाई यूवा समूहले बोस्टनबासी नेपाली समुदायलाई उत्प्रेरणा गर्दै १३ लाख सङ्कलन गर्न सफल भएका छन् l कर्मवीर धुर्मुस -सुन्तली अभियान लाई सहयोग गरौ भन्ने मुख्य उद्देश्य भएको हुँदा उठेको रकम एक पैसा पनि खर्च नकटाई शत प्रतिसत धुर्मुस सुन्तली फाउन्डेसनमा जाने शिव प्रकाशले बताए l

धुर्मुस -सुन्तली अभियान सहयोग कार्यकम गर्ने समुहमा शिव प्रकाश ,सुशील पौडेल ,निर्मला शेरचन ,राधेश्याम यादव ,सुरेश वाग्ले ,मबि सिंह ,सुन्दर गुरुङ तथा जितेन्द्र श्रेष्ठ(बम्बे मार्केट ) रहेका छन् l रात्री भोजन निशुल्क उपलब्ध हिमालयन बिस्ट्रोले गराएको थियो भने आयोजकको तर्फबाट आर्थिक सहयोग गर्ने र सहभागी हुने सबैलाई धन्यबाद दिएका छन् l

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com